सोमबार , जेठ १४, २०८१

पर्यटकीय स्थल मकवानपुर , इतिहास र प्रकृतिसँग रमाऔँ

image

यात्रामा विभिन्न दृष्यहरु अवलोकन गर्ने अवसर मिल्छ । सबै अनुभव कैद गर्न त सकिदैन । तर कतिपय दृष्यहरुले मनै लोभ्याउँछ। ती दृष्यले सँधै उर्जाशिल बनाउँछ । कतिपय ठाउँमा पुग्दा लाग्छ स्वर्ग यही हाे ? हुनत स्वर्ग कस्तो छ सायदै कसैले देखेको होला ।

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ । कतिपय चिज भने मन र आँखा दुबैले देख्छ । अनुभव गर्छ । मनसपटलमा छाइरहन्छ । त्यस्तै एउटा ठाउँ हो –मकवानपुर।

मकवानपुर जिल्लाको नामकरण शेनवंशी प्रतापी राजामुकुन्द सेनको नाम दर्साउने गरी मुकुन्दपुर राखिएको र कालान्तरमा मकवानपुर हुनपुगेको जनश्रुति छ । उत्तरतर्फ महाभारत शृङ्खला र दक्षिणतर्फ चुरेपर्वत (सिवालिक पहाड) को काखमा यो सुन्दर जिल्लाअवस्थित छ । सदरमुकाम हेटौंंडाबाट कुलेखानी–फाखेल, चित्लाङ–थानकोट र कुलेखानी–सिस्नेरी हुँदै ४ घण्टामै  काठमाडौँ आउन सकिन्छ । देशकै जलविद्युत परियोजनाको मेरुदण्डको रुपमा यस जिल्लालाई लिन सकिन्छ ।

शान्त शीतल वातावरणले प्रायको मन जितेको छ। तत्कालिन बेलायती महारानी एलिजा वेथ द्वितीय र राणा प्रधानमन्त्री जंगबहादुर राणाले यस ठाउँमा सिकार खेलेको इतिहास छ ।   राजाहरुको दरबार मकवानपुर गढी (पृथ्वीनारायण शाहको ससुराली), चिसापानी गढी, पर्यटकीय स्थल शहीद स्मारकले यसको सौन्दर्य बढाएको छ । महाभारत कालदेखि नै यो जिल्ला विभिन्न प्रसङ्गमा आउने गरेको छ ।  वनबासको क्रममा पाँच पाण्डवहरु यस जिल्लामा आइपुगेका र भीमसेनले हेडम्बा राक्षस मारेको र उसैको नामबाट हेटौंडा नामकरण भएको पनि जनविश्वास छ ।

कति कुरालाई आँखाले देखिँदैन तर मनले देख्छ । कतिपय चिज भने मन र आँखा दुबैले देख्छ। अनुभव गर्छ । मनसपटलमा छाइरहन्छ । त्यस्तै एउटा ठाउँ हो –मकवानपुर ।

जैविक विविधता, चिसो हावापानी, लालीगुराँस, सुनगाभा र विभिन्न जडिबुटीहरुको प्रचुरताले मकवानपुरलाई प्राकृतिक सङ्ग्राहलयको रुपमा चिनाउन सफल भएको छ । पहाडी यस जिल्लामा शिशिर याममा हिउँ पर्ने २५८४ मिटरको उच्च भु–भाग (दामनको सिमभञ्ज्याङ) देखि दक्षिणतर्फ समुद्री सतहको १६६ मिटरसम्मको होचो भु–भाग छ । यसलाई सुनगाभाको प्राकृतिक म्युजियमको रुपमा पनि चिन्छन् ।  छोटो दुरी तथा सानो भु–भागमा पनि ठुलो वातावरणीय विविधताको शृंखला रहेको भैंसेदेखि सिमभन्ज्याङसम्मको उचाईमा जेनेराको सुनगाभा (अर्किड) मध्ये ६२ जाति यस जिल्लामा पाइन्छ । चार जलाधार क्षेत्रमा बाग्मती, बकैया, राप्ती र लोथ मकवानपुरमै पर्दछ ।

हेटौंडा उपमहानगरपालिकाभित्र
गोरक्षेश्वर
भुटनदेवी
भुवनेश्वर महादेव
वनस्खण्डी
कुश्माण्ड सरोवर
गौमुखीधारा पुण्य क्षेत्र रहेका छन् ।

मकवानपुरगढीमा मनकामना मन्दिर र वंश गोपालको मन्दिर  छ । चुरियामाईको र भैंसेमा त्रिखण्डी महादेवको मन्दिर प्रसिद्ध छन् । दामनमा ऋषेश्वर र इन्द्रायणी माईको मन्दिर छ भने बज्रबाराही गाविसमा बज्रबाराही, नामटारमा स्यार्सेकालिका, चित्लाङमा शिवालय आदि प्रख्यात मठमन्दिर तथा देवालयहरु रहेका  छन् ।

दामन

हिउँद महिनामा हिउँ खेल्ने गन्तब्यका रुपमा परिचित दामन हो । थानकोट –नौबिसे हुँदै पृथ्वी राजपथमार्फत सजिलै पुग्न सकिने दामनमा हरेक महिना चिसो हावा पाइन्छ । प्राकृतिक सुन्दरता हेर्दै चिसो हावामा रमाउन कसलाई पो मन लाग्दैन र ? दामनबाट अन्नपूर्ण, मनास्लु, गणेश, लाङटाङ, दोर्जे लाक्पा, गौरीशंकर लगायत हिमाल हेर्न सकिन्छ । दुई हजार ६ सय ८८ मिटर उँचाइ रहेको दामनबाट हिमशृंखला र वरपरका पर्वत अवलोकन गर्न भ्युटावर पनि छ । खानाको लागि ढिडो, लोकल कुखुराको मासुको परिकारको मजाले स्वाद लिन सकिन्छ । बस्नका लागि सामान्य होटलदेखि सुविधा सम्पन्न रिसोर्टहरु संचालित छन् । त्यस्तै उपत्यकाको धुवाँधुलो र कोलाहललाई पन्छाउँदै थानकोटबाट मात्र १४ किलोमिटरको बस यात्रापछि चित्लाङ पुग्न सकिन्छ ।

मकवानपुर गढी दरबार

ऐतिहासिक भग्नावशेष रहेको राजदरबार मकवानपुर गढी दरबार हो । मकवानपुर गढी दरबारले जिल्लाको मात्र प्रतिनिधित्व गरेको छैन पुरै देशकाे प्रतिनिधित्व गरेको छ । ऐतिहासिक दरबार सेन वंशीय राजाहरुको दरबार साथै बडा महाराजाधिराज पृथ्वीनारायण शाहको ससुरालीको समेत स्मरण गराउने दरबारको रुपमा चिनिन्छ ।

अशोककालिन चैत्य
चित्लाङ्ग
मकवानपुर गढी
चिसापानी गढीमानेपाल–अंग्रेज यद्वमाप्रयोग भएको चर्चित कालीतोप र स्त्रीजातिको प्रवेश निशेध रहेको रहस्यमय वटुक भैरव मन्दिर छ ।
भिमसेन ,
वटुकभैरव मन्दिर    
भुटन देवी,    
मनकामनामन्दिर
वनस्खण्डी मन्दिर
चुरियामाई मन्दीर ,
दामनभ्यू टावर 

जैविक विविधता अध्ययनको केन्द्र तथा पर्यटकिय पार्क हो । प्रजा संग्राहालय राक्सिराङ्ग प्रजाजातिको चिनारी झल्काउने वस्तुहरुको ऐतिहासिक संग्रह स्थल हो । साहसिक चन्द्रागिरी पदमार्ग, लाली गुराँशमार्ग मार्खु कुलेखानी जलाजय सम्मको यो मार्ग खासगरी गुराँस फुलेको मौसममा अत्यन्त सुन्दर देखिन्छ । शहिद स्मारक तथा पुष्पलाल स्मृति वाटिका, कुलेखानी ड्यााममार्खु, जलबिद्युत उत्पादन गृह भिमफेदी, औधोगिक क्षेत्र, खुलामुर्ती कला संग्राहल, कुश्माण्ड सरोवर जस्ता पर्यटकिय तथा धार्मिक स्थल मकवानपुरमै छ ।

चित्लाङ
चित्लाङको नामकरण सम्बन्धमा ‘चित्लाङ अर्थात् सम्राट अशोकले छोरी चारुमती कानाममा चावहिलमा बौद्ध बिहार निर्माण गर्नुअघि चैत्य बनाएको जनश्रृति छ । काठमाडौंबाट चारवटा रुट भएर चित्लाङ पुग्न सकिन्छ । जसअनुसार सबैभन्दा कम दूरी कलंकी हुँदै चन्द्रागिरि भएर थानकोटबाट १८ किलोमिटरमा चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट मातातीर्थ सःखेल हुँदै जाने हो भने करीब २७ किलोमिटरमा चित्लाङ पर्छ । दक्षिणकाली फर्पिङ कुलेखानीभएर जाँदा ५२ किलोमिटरको दूरीमाचित्लाङ पुगिन्छ ।

अर्कोअझै थानकोट नौबिसे टिस्टुङ हुँदै पनि चित्लाङ पुग्न सकिन्छ । काठमाडौंबाट नजिकै, फरक र सुन्दर जसको पनि मन खिच्न सक्ने एउटा टुक्रा हो, चित्लाङ । मकवानपुर जिल्लास्थित थाहा नगरपालिका वडा नं. १० मा पर्ने ठाउँ हो चित्लाङ । विशेषगरी काठमाडौंमा धुलो बढी भएर होला खुल्ला र नीलो आकाशकमै देख्न  पाइन्छ । चित्लाङ प्राचीन सम्पदाले मात्र होइन, कला संस्कृतिले पनि धनी छ । तीनतिर हरिया पहाडले ढाकिएको र बीचमा समथर खेतीयोग्य जमिन छ । त्यसपछि रातमा क्याम्प फायरको मज्जा । चित्लाङमा साँझ परेपछि जाडो हुने भएकाले क्याम्प फायरको मज्जा हुन्छ ।

इन्द्रसरोवर ताल
चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर ताल र चन्द्रागिरिसम्म हाइकिङ गर्न सकिन्छ । विद्युतआपूर्ति गर्दै आएको इन्द्रसरोवर ताल नेपालको सबैभन्दा ठूलो मानवनिर्मित जलाशय हो । यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ । जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित छ ।

कुलेखानी अर्थात इन्द्र सरोवरसम्म सडक यातायात पनि सञ्चालनमा छ । मार्खु र कुलेखानी अन्तर्गतका गहिरो खोँचमा बाँधबाँधी नदी नालाको पानी सङ्कलन गरी सञ्चालन भएको कुलेखानी जलविद्युत परियोजनाको जलाशय इन्द्रसरोवर आफैँमा एक नौलो नमूना हो । करीब ८ किलोमिटरको क्षेत्रफलमा फैलिएको यस मानव निर्मित ताल अवलोकन जो कोहि उत्साहित हुन्छन् । कुलेखानी वरिपरिका हरिया पाखा र डाँडाकाँडाका मनमोहक दृश्यले सबैलाई मोहित बनाउँछ ।

पर्यटनलई प्रर्बद्धन गर्दै आफ्नो कला संस्कृतिको जर्गेना गर्दै समग्र देशको विकास गर्ने लक्ष्य स्थानीय सरकारले समेत राखेको देखिन्छ । मकवानपुरको दक्षिणकाली मन्दिर, पाथिभारा माताको मन्दिर, त्रिखण्डी मन्दिर, वंशगोपाल मन्दिर, मनकामना मन्दिर आदि विशेष महत्व राख्ने र भक्तजनहरूको भीड लाग्ने धार्मिक पर्यटकीय स्थलअन्तर्गत पर्दछन् । आन्तरिकदेखि बाह्य पर्यटकहरुलाई आकर्षण गर्न ती केन्द्ररुरुको परिचय, मान्यता, महत्व, ऐतिहासिक विषयलाई सबैले मनन गर्नु पर्दछ ।

– सम्झना पौडेल

सम्बन्धित समाचार