काठमाडौं । काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–३ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । आज सम्पन्न मतगणनामा स्वतन्त्र उम्मेदवार आकाश धितालले ५१२ मत प्राप्त गरी विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार राजेन्द्र खड्काले ४७४ मत प्राप्त गरे । उक्त वडामा एक स्वतन्त्रसहित पाँच राजनीतिक दलले वडाध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । यस्तै, खुला वडा सदस्य पदमा एमालेका उम्मेदवारद्वय विक्रमराज श्रेष्ठ ६१०, विकास तामाङ लामा ६१४ मत प्राप्त गरी विजयी भएका छन् ।
यस्तै, महिला सदस्यमा नेपाली कांग्रेसकी उम्मेदवार बालमाया श्रेष्ठले ५५४ र दलित महिला सदस्यमा एमालेकी उम्मेदवार सुशीला रम्तेल ५७९ मत ल्याई विजयी भएका छन् ।