काठमाडौं । भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा मतगणना स्थगित भएको छ ।
नेकपा माओवादी केन्द्रले वडा नम्बर १ को मतगणना चित्तबुझ्दो नभएको भन्दै पुनः गर्नुपर्ने माग राखेर प्रदर्शन गरेपछि मतगणना रोकिएको हो ।
माओवादीबाट वडाध्यक्ष पदका उम्मेदवार पेम्दोर्जी शेर्पाले निर्वाचन अधिकृतलाई निवेदन समेत दिएका छन् ।
उक्त वडाको चुनावी परिणाम निर्वाचन अधिकृतले सार्वजनिक नगरी बाहिरएकाले शंका उत्पन्न भएको माओवादीको दावी छ ।