काठमाडौं । नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कांग्रेसले निरन्तर अग्रता बनाएको छ ।
पछिल्लो मतपरिणाम अनुसार कांग्रेसबाट मेयरका उम्मेदवार प्रशान्त विष्टले ३ हजार ७९६ मत ल्याएर अग्रता बनाउँदा एमालेका पशुपति मिश्रले १ हजार ७५१ मत पाएका छन् ।
राप्रपाका उम्मेदवार नन्दलाल वैश्यले १ हजार ६७० मत ल्याएका छन् ।