काठमाडौं । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले आगामी वैशाख ३० मा हुन लागेको निर्वाचनमा उम्मेद्वार बन्न बहालवाला जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आचारसंहिता बनाएको थियो । सो आचारसंहिता विरुद्ध परेको रिट सर्वाेच्चले खारेज गरिदिएको छ ।
सर्वोच्च अदालतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको रिटमाथिको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ ।
न्यायाधीश तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मङ्गलवार यसअघिको अन्तरिम आदेश खारेज गर्दै निर्वाचन आयोगले आचारसंहितामा उल्लेख गरेको प्रावधानलाई कार्यान्वयन गर्न बाटो खुलाएको हो ।