काठमाडाैं । लुक्लाबाट उडेको मनाङ्ग एयरको हेलिकप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटना भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
सोलुदूधकुण्ड नगरपालिका र लिखुपिके गाउँपालिका नजिकैको लामाजुरामा हेलिकप्टर दुर्घटना भएको प्रारम्भिक सूचना आएको कोशी प्रदेशका प्रहरी प्रमुख राजेशनाथ बास्तोलाले न बताए ।
उनका अनुसार घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको छ । हेलिकप्टरमा क्याप्टेन र ५ यात्रु गरी ६ जना सवारी थिए ।
हेलिकप्टरमा सवार पाँचै जना यात्रु विदेश नागरिक भएको खुलेको छ ।
हेलिकप्टरमा सवार सबै मेक्सिकन नागरिक भएका मनाङ एअरका प्रबन्धक राजु न्यौपानेले बताए ।
मङ्गलवार बिहान सवा १० बजे सोलुखुम्बु सुर्केबाट काठमाडौं उडेको हेलिकप्टर दुर्घटना भएको हो ।
९एनए/एमभी कलसाइन भएको हेलिकप्टरमा पाइलट सहित ६ जना यात्रु रहेको थिए । यसमा पाइलट मात्र नेपाली हुन ।