शुक्रबार , अषोज १४, २०७९

दुबईमा बन्दैछ संसारकै पहिलो मून रिजोर्ट : यस्ता छन् विशेषता

क्यानडाको एक आर्किटेक्चर फर्म ‘मून वर्ल्ड रोजोर्ट्सले पर्यटकलाई पृथ्वीमा उचित मूल्यमा अन्तरिक्षको अनुभव प्रदान गर्नका लागि ‘मून दुबई’ नामक रिजोर्ट बनाउने प्रस्ताव राखेको छ ।

image

दुबई पहिल्यैदेखि सबैभन्दा अग्लो भवन बुर्ज खलिफा सहित आफ्नो अद्भुत वास्तुकलाका लागि संसारभरि प्रसिद्ध छ र अब चाडै यहाँ संसारकै पहिलो मून रिजोर्ट बन्न गइरहेको छ । सञ्चार माध्यमका अनुसार, क्यानडाको एक आर्किटेक्चर फर्म ‘मून वर्ल्ड रोजोर्ट्सले पर्यटकलाई पृथ्वीमा उचित मूल्यमा अन्तरिक्षको अनुभव प्रदान गर्नका लागि ‘मून दुबई’ नामक रिजोर्ट बनाउने प्रस्ताव राखेको छ । आउनुहोस् यो रिजोर्टको विशेषता र लागत जानौँ ।

यो रिजोर्टले दुबईको अर्थव्यवस्थालाई नयाँ उचाइसम्म पुर्‍याउन सक्छ

मून वर्ल्ड रिजोर्ट्सका संस्थापक सेन्ड्रा जी म्याथ्युज र माइकल आर हेन्डरसनले अरेबियन वर्ल्डलाई दिएको एक अन्तर्वार्तामा भनेका छन् कि यो मून रिजोर्ट मध्य-पूर्व र उत्तरी अफ्रिका क्षेत्रमा सबैभन्दा ठुलो र सबैभन्दा लाभदायक आधुनिक पर्यटकीय परियोजना हुनेछ, जसले वार्षिक पर्यटनलाई दोब्बर गर्नेछ । यो परियोजनाले ट्रान्सपोर्ट, कमर्स र आवासीय घर जग्गा, इन्फास्ट्रक्चर, फाइन्यान्सियल सेवा, उड्डयन र अन्तरिक्ष, इनर्जी, कृषि र टेक्नोलोजी शिक्षा जस्ता सर्वश्रेष्ठ क्षेत्रलाई टार्गेट गर्नेछ ।  रिजोर्टको आकार र मूल्यसञ्चार माध्यमका अनुसार, यस भव्य रिजोर्टको बाहिरी भाग पुरै चन्द्रको आकारको हुनेछ र यसलाई एक रिजोर्टमा रूपान्तरण गरिनेछ । यो रिजोर्ट ४८ महिनामा तयार गरिनेछ र यसको उँचाइ करिब ७३५ फिट हुनेछ । संसारको यो पहिलो मून रिजोर्ट बनाउन करिब ५ बिलियन डलर खर्च हुनसक्ने अनुमान गरिएको छ । यो रिजोर्टको काम चाडै सुरु हुनेछ ।

मून रिजोर्टमा सामेल हुनेछन् यी सुविधा

संसारको यो विचित्र र भव्य मून रिजोर्टमा पर्यटकका लागि नाइट क्लब, स्पा, ग्लोबल मिटिङ प्लेस, इभेन्ट सेन्टर, लाउन्ज र इन-हाउस मून शटल आदि आकर्षक सुविधा रहनेछन् । यसका साथै यो रिजोर्ट धेरै किसिमका अन्तरिक्ष यात्री र एजेन्सीहरूका लागि तालिम लिने ठाउँ हुनेछ । प्रस्ट भन्दा यसमा मनोरञ्जन, शिक्षा, टेक्नोलोजी, पर्यावरण र स्पेस टुरिज्मसँग सम्बन्धित धेरै लग्जरी सुविधा रहनेछन्, जसले दुबईको अर्थतन्त्रमा फाइदा पुग्नेछ ।

पर्यटकका लागि आकर्षणको केन्द्र हुनेछ मून शटल

मून शटल एक किसिमको ट्र्याक हुनेछ, जसको सवारी गर्दै पर्यटकले रिजोर्टको सुन्दर दृश्यको मजा लुट्न सक्नेछन् । यो ट्र्याक रिजोर्टको बिचमा गोलाकार आकारमा बनाइनेछ । यस रिजोर्टको सबैभन्दा माथिल्लो तलाको २३ प्रतिशत भाग क्यासिनो, ९ प्रतिशत नाइट क्लब र ४ प्रतिशत रेस्टुरेन्टहरूले ओगट्नेछन् । यसका साथै यसको लग्जरी छतको एक तिहाइ भाग सेन्टर क्लब, दोस्रो एक तिहाइ भाग लैगुन र चार प्रतिशत भाग भव्य एम्पिथिएटरका लागि हुनेछ ।

संसारको चार अन्य ठाउँमा पनि बन्न सक्छ मून रिजोर्ट

दुबईका अलावा एमडब्लुआर संसारको अन्य भागमा चार मून डेस्टिनेसन रिजोर्ट विकसित गर्ने सोचिरहेको छ । यसमा उत्तरी अमेरिका, मेना, युरोप र एसिया-प्यासिफिकको नाम सामेल छ । यी चार मून डेस्टिनेसन रिजोर्ट्समध्ये प्रत्येकमा ४००० लग्जरी सुइट्स हुनेछन् । त्यसैगरि रिजोर्ट फाइभ डाइमण्ड स्तरको सेवा वितरणका साथ फाइभ स्टार मानक अन्तर्गत विकसित गरिनेछन् ।

न्युज बाइट्स हिन्दीबाट अनुवादित

Tags:

सम्बन्धित समाचार