दुई वर्षीया बालिकाको सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
दुई वर्षीया बालिकाको सर्लाहीको हरिवनमा पानीको ड्रममा डुबेर मंगलबार साँझ मृत्यु भएको छ । मृत्यु हुने बालिकामा हरिवन नगरपालिका–२ की अनुषा महतो रहेकी छिन् ।
स्रोतका अनुसार घरमै खेल्ने क्रममा घरको आँगनमा राखिएको पानीको ड्रममा डुबेर महतो बेहोस भएकी थिइन् ।
उनको नमूना अस्पताल हरिवनमा उपचारका क्रममा मृत्यु भएको हो ।