बुधबार , जेठ १३, २०८३

सरकारले ल्याएको ‘पर्यटक भिसा विध्येयक २०७९’ नेपाली पर्यटककाे स्वतन्त्रता विराेधी: नाट्टा

image

काठमाडौं । सरकारले हालै जारी गरेको “पर्यटक भिसामा विदेश प्रस्थान अनुमति सम्बन्धि कार्यविधि २०७९ प्रति पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले आपत्ती जनाएको छ ।

सरकारले हालसालै ल्याएको “पर्यटक भिसामा विदेश प्रस्थान अनुमति सम्बन्धि कार्यविधि २०७९” विध्येयकमा नेपाली पर्यटक गन्तव्य देश जानु पुर्व कम्तीमा २ ओटा देशको भ्रमण गरेको हुनुपर्ने, गन्तव्य मुलुकको होटलको वेबसाइटमा खल्नेगरि होटेल बकिङको प्रमाण पेस गर्नु पर्ने, ट्राभल एजेन्सीहरुले तोकिएको मुलुकमा पर्यटक भिसामा भ्रमणका लागि जाने नेपाली पर्यटकको टिकट व्यवस्थापन गर्नु पुर्व अध्यागमन विभागबाट स्वीकृति लिनु पर्ने, आफ्नो एजेन्सी मार्फत पर्यटन भिसामा गएका नेपाली पर्यटकलाई तोकिएको मितिमा नेपाल फर्काउने र त्यसको प्रतिवेदन अध्यागमन विभागमा पेश गर्नुपर्ने लगायतका प्रावधानहरू राखिएका छन् । यी प्रावधानहरूमा नाट्टाले असहमति जनाएका छन् ।

सरकारले ल्याएको विध्येयकले नेपाली पर्यटकहरुको स्वतन्त्रता पुर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकारलाई चुनौती दिएको नाट्टाको ठहर छ ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रेस विज्ञप्ती नेपाल सरकार गृह मन्त्रालयले हालसालै जारी गरेको “पर्यटक भिसामा विदेश प्रस्थान अनुमति सम्बन्धि कार्यविधि २०७९ ले नेपाल को पर्यटन व्यवसायलाई प्रत्यक्ष र गम्भिर असर पार्ने गरि नेपाली पर्यटकहरुलाई विदेश भ्रमणमा जान निषेधात्मक प्रावधानहरु राखेको र एक वा अर्को बहानामा नेपाली पर्यटकहरुको स्वतन्त्रता पुर्वक घुमफिर गर्न पाउने नैसर्गिक अधिकार समेतलाई चुनौति दिएको प्रति पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) कडा आपत्ती प्रकट गर्दछ।’

गैरकानुनी तवरबाट नेपाली नागरिकलाई विदेश लैजाने र अलपत्र पार्ने घटनाहरु नियन्त्रणमा सरकार गम्भिर हुनुपर्ने कुरामा नाट्टा सहमत रहेको अवगत गराउदै बैदेशिक रोजगार व्यावसयी, श्रम विभाग तथा अध्यागमनका कर्मचारीहरुबाट मात्र सम्भव हुने गैरकानुनी गतिविधि नियन्त्रण गर्नुको साटो भ्रमणमा जान चाहने पर्यटक र भ्रमण व्यवस्थापन गर्ने पर्यटन व्यावसायीहरुलाई निषेध र हतोत्साहीत गर्ने नियतका साथ कार्यविधिले ल्याईएको भन्दै नाट्टाले अपात्ति जनाएको छ ।

पर्यटकीय उद्देश्यबाट विदेश भ्रमणमा जान चाहने सबै नेपाली पर्यटक र भ्रमण व्यवस्थापन गर्ने ट्राभल एजेन्सीहरु गैर कानुनी उद्देश्यबाट प्रेरित हुन्छन् भन्ने भाव झल्कने गरी गैरजिम्मेवार र अशोभनीय कार्यविधि अगाडी बढाउन आधुनिक, सभ्य र खुला समाजलाई नसुहाउदो हुने बताउँदै यस कार्यविधिलाई तत्काल खारेज गर्न नाट्टाले सरकारसंग माग गरेको छ ।

विज्ञप्ति:

सम्बन्धित समाचार