काठमाडौं । भारतलाई पराजित गर्दै नेपाल साफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । उपाधि नजिक पुग्न शुक्रबार दोस्रो सेमिफाइनलमा नेपालले भारतलाई हराएको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले चिरप्रतिद्वन्द्वी भारतमाथि १–० को जित हात पारेको हो । महिला साफ च्याम्पियनसिपको इतिहासमा नेपालले भारतलाई हराएको यो नै पहिलो पटक हो ।
अब नेपालले फाइनलमा बङ्ग्लादेशसँग खेल्नेछ । आजै भएको पहिलो सेमिफाइनलमा भुटानलाई ८–० गोलले हराउँदै बङ्ग्लादेश फाइनलमा पुगेको हो । फाइनल खेल सोमवार बेलुकी ५ बजे सुरु हुनेछ ।