शुक्रबार , मंग्सिर २३, २०७९

मेस्सीको गोलमा अर्जेन्टिनालाई अग्रता

image

काठमाडौं । कप्तान लिओनेल मेस्सीको गोलमा अर्जेन्टिनाले साउदी अरेबियाविरुद्ध समूह चरणको पहिलो खेलमा अग्रता लिएको छ ।

खेलको दोस्रो मिनेटमा नै अर्जेन्टिनाले अघि बढ्ने अवसर पाएको थियो तर मेस्सीको प्रहार गोलरक्षक मोहमद अलोवाइसले बचाए ।

नवौं मिनेटमा अर्जेन्टिनाले पेनाल्टीको अवसर पायो । कर्नर प्रहार गर्ने क्रममा पेनाल्टी क्षेत्रभित्र फल भएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहयोगमा पेनाल्टी दिएका थिए । कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए ।

२२ मिनेटको खेलसम्म अर्जेन्टिना १ अंकको अग्रतामा रहेको छ ।

सम्बन्धित समाचार