शुक्रबार , मंग्सिर २३, २०७९

नेवा संस्कारमा हुने यी विभिन्न प्रकारका भोजहरूबारे जान्नुहुन्छ ?

नेवा संस्कारमा जीवनभर विभिन्न प्रकारका भोज हुने गर्दछ । उक्त भोजलाई नेपाल भाषामा ब्व: भन्ने गर्दछ । ब्व: (भोज) विभिन्न प्रकारका हुने गर्दछ ।

image

  • जीआर रञ्‍जित

नेवा संस्कारमा जीवनभर विभिन्न प्रकारका भोज हुने गर्दछ । उक्त भोजलाई नेपाल भाषामा ब्व: भन्ने गर्दछ । ब्व: (भोज) विभिन्न प्रकारका हुने गर्दछ ।

१. भ्वयब्व: नेवा संस्कारमा विभिन्न अवसरमा भोज खाने गर्दछ । यसरी भोज खान अगि सजाएर राखेको भोजलाई भ्वयब्व: भन्ने गरिन्छ ।

२. द्य:ब्व: भोज खान अगि भोज सजाएर राख्न गर्दछ । यसरी भोज सजाउँदा मानिसहरु बसेर खाने भ्वयब्व:को अगि दुई छुट्टै ब्व: राख्ने गर्दछ । जसमध्ये पहिलो ब्व: लाई द्य:ब्व: भनिन्छ । यो ब्व: देवताको नाममा राख्ने गर्दछ । सबैले भोज खाइसकेपछि यो ब्व: लाई मन्दिर अगाडि चराउने गर्दछ ।

३. छेंब्व: भ्वयब्व: अगि राखिने दुई छुट्टै ब्व: मध्ये दोश्रो ब्व: छेंब्व: हो । यो ब्व: जसको घरमा भोज खान लागेको उसको निम्ति राख्ने गर्दछ ।

४. नकिंब्व: जसरी सजाएर राखेको भोजको अघिल्लो दुई ब्व: (द्य:ब्व: र छेंब्व:) मा मानिसहरू बस्दैनन् । त्यसरी नै अन्तिम ब्व: मा पनि कोहि पनि बस्दैनन् । यो ब्व:लाई नकिंब्व: भन्ने गरिन्छ । नकिं भन्नाले कुलको सबै भन्दा जेष्ठ महिला हुन ।

५. पछिब्व: नेवा संस्कारमा मनाउने गुठी संस्कार समुदायका मानिसहरुले पालैपालो गरि मनाउने गर्दछ । हरेक वर्ष समुदायका सदस्यहरूलाई पालो जाने गर्दछ । यसरी पालो जाने दिन ठूलो लपेसमा राखेर पठाउने भोजलाई पछिब्व: भनिन्छ ।

६. ड्यापंब्व: गुठी संस्कारमा भोज गर्न लाग्ने खर्चहरु दामासाहीमा ब्यहोर्ने गर्दछ । तर गुठीको अन्तिम भोज जुन पालो पर्नेले खुवाउने गर्दछ त्यसै भोजलाई ड्यापंब्व: भन्ने गर्दछ । “ड्याक नकिगु भ्वय” (घाटा पर्ने गरि खुवाउने भोज) भएकै कारण यसलाई ड्यापंब्व: भनिएको हो ।

७. निब्व: यो भोजलाई पितृ मोक्षको भोजको रुपमा लिने गर्दछ । श्राद्धको दिन श्राद्ध पश्चात् पितृलाई भोज तयार गरि खुवाउने गर्दछ जसलाई निब्व: भन्ने गर्दछ । यो भोज चेलीद्वारा तयार गरिन्छ ।

८. कोजा : मान्छे दिवंगत भएको पाँचौ दिन वा सातौ दिन कागलाई खुवाउने भोजलाई कोजा भन्ने गरिन्छ । दिवंगत पितृ कागको रुप धारण गरि हेर्न आउँदछ भन्ने मान्यता अनुरुप कागलाई भोज खुवाउने गरेको हो ।

९. पाखाजा : मान्छे दिवंगत भएको पाँचौ दिन वा सातौ दिन दिवंगत आत्मा घरमा आएर खाना खान आउँछ भन्ने मान्यता अनुरुप घरको बाहिर निस्केको छाना मुनि (नेपाल भाषामा पाखा) भोज राख्ने चलन रहेको छ । यसै भोजलाई पाखाजा भन्ने गर्दछ ।

१०. ङाब्व: मान्छे दिवंगत भएको पाँचौ दिन घरको मुल ढोका अगाडि रहेको पेखालुकीमा पाँचवटा ब्व: राखेर पितृलाई चराउने गर्दछ । जसलाई ङाब्व: भन्ने गर्दछ । ङान्हुमा गर्ने ब्यक्तिहरुले ङाब्व: राख्ने गर्दछ ।

११. न्हेब्व: मान्छे दिवंगत भएको सातौ दिन न्हेन्हुमा गर्नेहरुले राख्ने ब्व: लाई न्हेब्व: भनिन्छ । यसदिन सातवटा ब्व: राख्ने गर्दछ ।

Tags:

सम्बन्धित समाचार