मंगलबार , साउन ८, २०८१

राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेश अध्यक्षमा नारायण सिलवाल निर्विरोध चयन

image

धादिङ । फोटा पत्रकारहरूको सङ्गठन राष्ट्रिय फोटो पत्रकार समूह नेपाल बागमती प्रदेश अध्यक्षमा धादिङका पत्रकार नारायण सिलवाल निर्विरोध चयन भएका छन् । मङ्गलवार र बुधवार धादिङको सल्यान्टारमा सम्पन्न समूहको दोस्रो अधिवेशनबाट सिलवाल दोस्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन् ।

समूहको उपाध्यक्षमा नुवाकोटका राजेन्द्र गजुरेल, सचिवमा रामेछापका कुमार श्रेष्ठ, सहसचिवमा केरिना शाक्य, कोषाध्यक्षमा मकवानपुरका धर्मेन्द्र दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी समूहका सदस्यहरूमा रामेछापका राज लोहनी, धादिङका सन्तोष श्रेष्ठ, चितवनका होमनाथ सापकोटा, सिन्धुलीका अनु परियार, सिन्धुलीका उद्धव श्रेष्ठ चयन भएका छन् । समूहका अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरू सर्वसम्मतले निर्वाचित भएका हुन् ।

त्यसैगरी समूहको प्रदेश अधिवेशनसँगै धादिङको जिल्ला कार्यसमितिको तेस्रो अधिवेशन पनि सम्पन्न भएको छ ।
समूहको जिल्ला कार्यसमिति अध्यक्षमा मनिष दुवाडी निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा अनिल नेपाली, सचिवमा शिवराज आचार्य, सह–सचिवमा सिता सापकोटा, कोषाध्यक्षमा गजेन्द्र तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी समूहका जिल्ला कार्यसमिति सदस्यहरूमा मनिष श्रेष्ठ, विनोद तमु, दिलीप श्रेष्ठ र प्रभु खड्का निर्वाचित भएका छन् । समूहको जिल्ला कार्यसमितिमा पनि अध्यक्षसहित सम्पूर्ण पदाधिकारी र सदस्यहरू निर्विरोध निर्वाचित भएका छन् ।

Tags:

सम्बन्धित समाचार