शनिबार , अषोज ३, २०८३

अनलाइनमार्फत कसैको अपमान गरे एक वर्ष जेल, २२ सय डलर जरिवाना

image

एजेन्सी । जापान सरकारले अनलाइनमार्फत हुने विभिन्न किसिमका अपमानजनक गतिविधि रोक्नको लागि नयाँ नियम बनाएको छ ।

जापानी सञ्चारमाध्ययमका अनुसार सरकारले अनलाइनमार्फत कसैको अपमान हुने खालको पोस्ट गर्ने व्यक्तिलाई कम्तिमा एक वर्षसम्म जेल सजाय हुने व्यवस्था गरेको हो ।

सरकारले यो नियम गृष्मकालिन समयमै बनाएको भएपनि हालैबाट लागु गर्न लागेको हो । पीडित व्यक्तिको उजुरीको आाधारमा एकवर्ष जेलका साथै तीन लाख येन (२२०० अमेरिकी डलर) जरिवाना समेत हुनसक्नेछ ।

त्यहाँका सञ्चार माध्ययमका अनुसार यसअघि यस्ता प्रक्रितिका कसुरमा ३० दिन जेल सजाय र दश हजार येन (७५ अमेरिकी डलर) सम्म जरिवानाको व्यवस्था थियो ।

सम्बन्धित समाचार