काठमाडौं । नेपालमा प्याराग्लाइडिङ उडान सुरक्षित गर्न उच्चस्तरीय छानबिन समिति गठन भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेको संयोजकत्वमा बुधबार छानबिन समिति गठन गरेको हो ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार समितिलाई यथाशिघ्र प्रतिवेदन दिने गरी कार्यादेश दिइएको छ । समितिमा नेपाल हवाई खेलकुद संस्था, राष्ट्रिय खेलकुद परिषद्, चिकित्सा क्षेत्रबाट समेत प्रतिनिधित्व गराएर अध्ययन गरिने उनले जानकारी दिए ।
उनका अनुसार समितिले आफूलाई आवश्यक ठानेका क्षेत्रबाट प्रतिनिधिहरु थप गरी अध्ययन गर्न सक्ने भएको छ ।