शुक्रबार , अषोज १४, २०७९

छिमेकी मुलुक भारतमा पत्नीको रिसकाे कारणले एक महिनादेखि पतिकाे रुखमा बास !

ती व्यक्तिप्रति गाउँलेहरू आक्रोशित बनेका छन् ।

image

काठमाडाैं । छिमेकी मुलुक भारतको उत्तर प्रदेशमा एक व्यक्ति पत्नीकाे रीसकाे कारण पछिल्लो करिब एक महिनादेखि एक सय फिट अग्लो ताडको रूखमा चढेका छन् । पत्नीको रिसका कारण ती व्यक्ति  रुखमा नै ओछ्यान लगाएर सुत्ने र त्यहीँ नै खानपिन गर्ने गरेका छन् ।

लोग्नेस्वास्नी बीच स-साना नोकझोंक हुनु अनौठो होइन । तर लोग्ने स्वास्नीको झगडा परालको आगो भनेझैं रिस शान्त भएसँगै झगडा साम्य हुन्छ । तर, कहिलेकाही मनमुटाव लामो समयसम्म पनि चलिरहेको हुन्छ । एकै घरभित्र बसेर पनि कतिपय पति पत्नी कैयन् दिनसम्म बोलचाल नै बारेका हुन्छन् ।

एक महिनासम्म रुखमा बसेर उनले के खाए होलान् ? भन्ने लाग्नु स्वभाविकै हो । तर उनका लागि खानपिनको व्यवस्था चाहिं उनकै घरबाट भएको छ ।

एक रिपोर्ट अनुसार रामप्रवेश अहिले पनि रुखमै बसिरहेका छन् । स्थानीय मानिसहरुका अनुसार यदि कसैले उनलाई सम्झाउने र तल झार्ने प्रयास गर्‍यो भने रामप्रवेशले रुखमा राखेका इँटा र ढुंगाले आक्रमण गर्दछन् । त्यसैले त्यो रुखको नजिक गएर उनलाई सम्झाउने आँट पछिल्लो समय कसैले गर्न सकेका छैनन् ।

परिवारकै सदस्यहरुले उनलाई खाना र पानी ल्याइदिने गरेका छन् । रुखबाट उनले रस्सी तल झार्दछन् र त्यहीँ रस्सीमा परिवारले उनको लागि खानेकुराको झोला बाँधिदिन्छन् । गाउँलेहरुका अनुसार रामप्रवेश रातमा रुखबाट झर्दछन् र दिसापिसाब लगायतका आफ्ना अन्य क्रियाकलाप गरे पुनः रुखमा चढ्दछन् । याे घटना उत्तर प्रदेशकाे मउ जिल्लास्थित बसारथपुर गाउँमा भएकाे हाे ।

त्यहाँका रामप्रवेश नामका एक व्यक्ति पछिल्लो एक महिनादेखि गाउँमा रहेको एउटा एक सय फिट अग्लो ताडको रुपमा बसिरहेका छन् । ती व्यक्तिप्रति गाउँलेहरू आक्रोशित बनेका छन् । उनको बारेमा प्रहरीमा जानकारी दिइएको छ र प्रहरीले त्यसको भिडियो बनाएर लगेको छ ।

रामप्रवेश ताडको रुखमा चढेर एक महिनादेखि बस्दा उनको परिवारलाई मात्र होइन पूरै गाउँलाई समस्या भएको छ । गाउँको बीचमा रहेको अग्लो ताडको रुखमा उनी चढेर बसेपछि गाउँलेहरुको गोपनियतामै असर परेको छ । उक्त ताडको रुख निकै अग्लो भएकाले त्यसमा चढेपछि गाउँका सबैजसो घरका आँगन देखिन्छ । घरभित्र र बाहिरका क्रियाकलाप समेत उनले देख्ने गरेको गोपनियतामा असर परेको भन्दै गाउँका महिलाहरुले पनि प्रहरीमा उजुरी  समेत दिएका छन् ।

पत्नीको त्यस्तो हर्कतबाट बेखुस भएर तथा पत्नीको कुटाइबाट बच्नका लागि उनी एक महिनादेखि घर छाडेर रुखमा बस्न थालेको रामप्रवेशकाे बुवा बताउँछन् ।

सम्बन्धित समाचार