बुधबार , कार्तिक १२, २०८३

पर्यटन मन्त्री आलेद्वारा नेपाल एयरलाइन्सका अध्यक्षमाथि अश्लील गालीसहित हातपातको प्रयास

मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेको हो ।

image

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई अश्लील शब्दको प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको छ ।

मन्त्री आलेले अध्यक्ष अधिकारीलाई दुर्व्यवहार गरेको सुनिने अडियो अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेको हो । अश्लील गाली गर्दै अध्यक्ष अधिकारीमाथि आक्रमण समेत गरेको अडियो सार्वजनिक भएपछि मन्त्री आले पुन: विवादमा मुछिएका छन् ।

यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका थिए ।

अडियो सार्वजनिक भएलगत्तै सामाजिक सञ्जालमा उनको राजीनामा माग गर्न थालिएको छ ।

मन्त्री आलेले नेपाल एयरलाइन्समा ठूलो मात्रामा मान्छे राख्न (आफूले पठाएका व्यक्तिलाई जागिर दिन) अह्राएको र अध्यक्ष अधिकारीले सबैलाई जागिरमा नराखेपछि आले उनीमाथि आक्रोशित भएको उच्च स्रोतलाई उल्लेख गर्दै अन्नपुर्ण पोष्टले लेखेको छ ।

सम्बन्धित समाचार