शुक्रबार , जेठ १५, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी गठबन्धनमा जाला कि स्वतन्त्रै रहला ?

हालै सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा राम्रो जनमत प्राप्त गरेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी कुनै गठबन्धनमा सहभागी होला कि स्वतन्त्रै रहला भन्ने जिज्ञासा बढेको छ ।

image

काठमाडौं । हालै सम्पन्न प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा राम्रो जनमत प्राप्त गरेपछि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी कुनै गठबन्धनमा सहभागी होला कि स्वतन्त्रै रहला भन्ने जिज्ञासा बढेको छ ।

स्वतन्त्र नागरिकहरूलाई एक ठाउँमा ल्याउने र विद्यमान राजनीतिक दल र तिनका नेतृत्व विरुद्ध खबरदारी गर्दै देशको नेतृत्वका लागि वैकल्पिक शक्ति बनाउने उद्देश्यले स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी अरू राजनीतिक दलहरू झैँ सत्ताको खेलमा होमिन्छ या स्वतन्त्र प्रतिपक्षीको भूमिकामा रहन्छ भन्ने जनचासो चुलिएको बेला पार्टीका सभापति समेत रहेका चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानेले अब आवश्यक परेको अवस्थामा आफ्नो पार्टी तालमेल वा गठबन्धन गरेर जान सक्ने बताएका छन् ।

शुक्रबार चितवनमा विजयी भएको प्रमाणपत्र बुझ्दै लामिछानेले चुनावको बेला कसैसँग गठबन्धन नगरे पनि अब आवश्यकताको आधारमा पार्टीले गठबन्धन गर्नसक्ने बताएका हुन् ।

‘चुनावको बेला हाम्रो दलले कसैसँग तालमेल वा गठबन्धन गरेन तर भोलि देश हितका लागि आवश्यक पर्‍यो भने हामी साथ दिन्छौं,’ उनले भने ।

लामिछानेले आफूलाई जिताएको भन्दै चितवनवासीलाई धन्यवाद दिँदै जनताको विश्वासलाई शिरमा राखेर काम गर्ने जनाए ।

सम्बन्धित समाचार