बिहिबार , बैसाख २४, २०८३

लिङ्देनको प्रश्न- नीति कार्यक्रममा किसानलाई मल दिने कुरा कहाँ छ ?

उनले आधारभूत तहका जनताको समस्या सम्बोधन गर्ने गरी अनुभवी प्रधानमन्त्रीले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको उल्लेख गरे ।

image

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले सरकारले संसदमा पेश गरेको नीति तथा कार्यक्रमले जनताको समस्या सम्बोधन गर्न नसकेको दाबी गरेका छन् ।

प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङ्देनले जनताको समस्या समाधानमा भन्दा पनि ठूला नेताको क्षेत्रमा अनावश्यक योजना पार्न बजेट केन्द्रित भएको बताएका हुन् ।

‘प्रधानमन्त्रीको जिल्लामा मेडिकल कलेज बनाउने, ठूला नेताको जिल्लामा सडक बनाउने बाहेक अरु खासै केही भेटिँदैन त नीति कार्यक्रममा, उनले भने, ‘मल खोजिरहेका किसानलाई मल दिने कुरा कहाँ छ ? सबैभन्दा बढी प्राथमिकता केमा हुनुपर्थ्यो ?’

उनले आधारभूत तहका जनताको समस्या सम्बोधन गर्ने गरी अनुभवी प्रधानमन्त्रीले नीति कार्यक्रम र बजेट ल्याउन नसकेको उल्लेख गरे । ‘यो वर्ष विद्यार्थीलाई पुस्तक दिन सकेका छैनौँ । यो वर्ष त दिन सक्नुभएन, अर्को वर्ष दिने कोसिस गर्नुपर्दैन ?’ उनले प्रश्न गरे ।

तीन करोड जनसंख्या भएको देशका ५० लाख युवा विदेशमा रगत पसिना बगाइरहेका छन् भन्दा खल्लो महसुस भएकाे उनले बताए ।

सम्बन्धित समाचार