शुक्रबार , जेठ ८, २०८३

गठबन्धनको शक्ति देखेर केपी ओली थरथरी काँपेका छन्ः रामचन्द्र पौडेल

image

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गठबन्धनको शक्ति देखेर एमाले अध्यक्ष केपी ओली थरथरी कामेको बताएका छन्। मंगलबार नेपाल विद्यार्थी संघको ५३ औँ स्थापना दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले गठबन्धनको शक्ति देखेर नेकपा (एमाले)का अध्यक्ष केपी ओली थरथरी कामेको बताएका हुन्।

उनले भने, ‘अहिले पनि लोकतन्त्र सुनिश्चित भएको छैन। अहिले पनि लोकतन्त्रको लागि लड्ने लडाइँ बाँकी छ। त्यसो भएको हुनाले हामी सबैले सतर्क हुनुपर्ने आवश्यकता छ। अहिले गठबन्धन जो छ, सत्ताको लागि होइन। व्यवस्थाको लागि गठबन्धन हो। यो कुरा बुझ्नुहोला। यो गठबन्धन शेरबहादुरलाई प्रधानमन्त्री बनाउनको लागि मात्र होइन, यो गठबन्धन नेपालमा लोकतन्त्र बचाउनको लागि र नेपालको परिवर्तन बचाउनको लागि, नेपाललाई अग्रगामी बाटोमा रुपान्तरण गर्नको लागि यो गठबन्धन हो।’

वरिष्ठ नेता पौडेलले थपे, ‘त्यसकारण यो गठबन्धनको अहिले शक्ति देखेर केपी ओली आज थरथरी काँपेका छन्। केपी ओली हतास भएका छन्। र हतास अभिव्यक्ति दिइरहेका छन्। र जस्ता तत्वसँग पनि हालेमालो गर्न पुगेका छन्। यो भ्रष्ट तत्वहरु, प्रतिगामीहरु र अवसरवादीहरुसँग मिलेर आज केपी ओली कहीँ नपाएर यस्ता–यस्ता तत्वको शरणमा पुगिरहेका छन् र एलायन्स गरिरहेका छन्।’

सत्तारुढ गठबन्धनबाट हतास भएर ओली प्रतिगामी र अवसरवादी तत्वहरुसँग हातेमालो गर्न पुगेको उनले बताए। वरिष्ठ नेता पौडेलले वर्तमान सत्तारुढ गठबन्धन सत्ताको लागि नभइ व्यवस्थाको लागि बनेको दाबी गरे।

 

Tags:

सम्बन्धित समाचार