काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रवार ललितपुरको पाटन कृष्ण मन्दिरको दर्शन गरेका छन् । साथै उनले पाटन सङ्ग्रहालय पनि अवलोकन गरे ।
राष्ट्रपति पौडेल पाटन दरबार क्षेत्रमा पुग्दा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।
राष्ट्रपति पौडेलले पाटन कृष्ण मन्दिरको दर्शन र अवलोकन गदै गर्दा ललितपुर महानगरका मेयर महर्जनलाई एउटै छातामा ओढाएर हिँडेको तस्बिर सामाजिक सञ्जालहरूमा चर्चित भइरहेको छ ।

पाटन सङ्ग्रहालयका निमित्त कार्यकारी निर्देशक सुरेश लाखे र स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका निमित्त प्रमुख शारदा सिवाकोटीले सो क्षेत्रको जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।