उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त ब्यक्तिहरूको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने जानकारी दिएका छन् ।
काठमाडौं । जनप्रतिनिधिहरूले जनताको सेवामा भन्दा आफूले पाउने सेवा सुविधामा बढी ध्यान दिने गरेको गुनासाहरू आउने गरेका छन् । नियम र कानुन बमोजिम पाउने सेवा सुविधाले नपुगेर भ्रष्टाचार र अनियमितता समेत गर्ने गरेको थुप्रै उदाहरणहरू पनि छन् ।
तर कतिपय यस्ता जनप्रतिनिधिहरू पनि छन् जसले आफूले पाएको सेवा सुविधा पनि जनताको लागि दान गरिरहेका छन् । यस्तै एक जनप्रतिनिधि हुन् भक्तपुरको चाँगुनारायण नगरपालिकाका उमप्रमुख रमेश बुढाथोकी ।
उपप्रमुख बुढाथोकीले आफूले पाउने सेवा सुविधा समाजको हितका लागि प्रयोग गर्ने भएका छन् ।
बुढाथोकीले आफ्नो पूर्वघोषणाअनुसार आफूले नगरपालिकाबाट पाउने सुविधको बा २ झ १६२३ नं. सुविधाको गाडी चाँगुनारायण नगर अस्पताललाई हस्तान्तरण गरेका हुन् । निर्वाचित हुनुअघि नगरपालिकाबाट आउने सेवा सुविधालगायत तलब भत्ता नलिने घोषणा गरेका बुढाथोकिले नगरबाट सुविधाका रुपमा पाउने गाडी नगर अस्पतालमा प्रदान गरेका हुन् ।
उपप्रमुखले शुक्रबार एक कार्यक्रमबीच उक्त गाडी चाँगुनारायण अस्पतालका प्रमुख लोकेन्द्र पौडेललाई हस्तान्तरण गरेका हुन् । उक्त गाडी नगर क्षेत्रभित्र रहेका ज्येष्ठ नागरिक, शारीरिक अशक्त, दीर्घरोगी, बिरामीहरूको सेवामा उपयोग गरिने अस्पतालले जानकारी दिएको छ ।
सो गाडीले घरदैलोमै गई बिरामीलाई चिकित्सकिय सेवा प्रदान गर्ने उद्देश्यले अस्पताललाई हस्तान्तरण गरिएको हो, उपप्रमुख बुढाथोकीले भने ।
उनले पाउने तलब भत्ता पनि छुट्टै कोष खडा गरि नगर क्षेत्रका गरिव जेहेन्दार विद्यार्थीको पठनपाठन, एकल महिला, अपाङ्ग अशक्त ब्यक्तिहरूको वृद्धि विकासको क्षेत्रमा खर्च गरिने जानकारी दिएका छन् ।