अन्ततः जोडी वैवाहिक बन्धनमा बाँधिने भएको छ । विवाहको संस्कार बुधवारबाट सुरु भइसकेको छ ।
एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर र अभिनेत्री आलिया भट्टको विवाहको खबर यति बेला सञ्चारमाध्यमहरूमा छाएको छ । जोडीका प्रशंसकहरू पनि निकै उत्साहित छन् ।
करिब चार वर्षदेखि मान्छेहरू जोडीको विवाहको कुरा गर्दै आइरहेका थिए । तर, अब जोडीले उनीहरूको मुख बन्द गरिदिएका छन् । अन्ततः जोडी वैवाहिक बन्धनमा बाँधिने भएको छ । विवाहको संस्कार बुधवारबाट सुरु भइसकेको छ ।
रणवीर कपूरकी आमा र केही समय अघिकी अभिनेत्री नीतू कपूर तथा उनको सबै परिवार विवाहको विभिन्न संस्कार निभाउने तयारीमा लागेको छ ।
रणवीर कपूरकी दिदी रिद्धिमा कपूर साहनी र उनका भिनाजु भारत साहनी दिल्लीबाट मुम्बई आइसकेका छन् । विवाहको कार्यक्रम पुजाबाट सुरु भएको छ ।
कपूर परिवारले बुधवारको पूजा बांद्राको पाली हिलस्थित वास्तु बिल्डिंगमा गरेको थियो । यो बिल्डिंगको आठौँ तलामा रणवीर कपूर बस्छन् र आलिया भट्ट पनि त्यहीँ पाँचौँ तलामा बस्छिन् ।
यो पूजामा कपूर परिवार र भट्ट परिवारका आफन्त सामेल थिए । बुधवार साँझ मेहेन्दी लगाउने संस्कार निभाइएको बताइएको छ । मेहेन्दीपछि हल्दी र सङ्गीतको कार्यक्रम राखिनेछ । जोडीले पन्जाबी परम्परा अनुसार विवाह गर्ने जनाइएको छ ।