लामाकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।
काठमाडाैं । रानीवन नसिढोका खानेपानी तथा सरसफाई उपभोक्ता समिति नागार्जुनको साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ । आज नागार्जुनस्थित राधाकृष्ण मन्दिरमा सम्पन्न भएको साधारण सभा तथा अधिवेशनबाट अध्यक्षमा लालकुमार लामा सर्वसम्मतले दोहोरिएका छन् । लामाकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएकाे हाे ।
समितिकाे उपाध्यक्षमा लिलाराज ढकाल, सचिवमा कृष्णप्रसाद साेती, काेषाध्यक्षमा राजीव लामा, सह-सचिवमा महेश सुवेधी, सह-काेषाध्यक्षमा अम्विका रूपाखेती चयन भएका छन् ।
त्यसैगरी सदस्यमा माेहन बहादुर लामिछाने, नारायण कुँवर, लाल प्रसाद अर्याल, रवी थापा, सुदिप राना मगर, रन्जिता महरा, ललिता लामा, ध्रुव प्रसाद खनाल, कृष्ण प्रसाद पाैडेल, विष्णुमाया पाेख्रेल र दासु गिरी चयन भएका छन् ।
समितिले नागार्जुन नगरपालिकाको वडा नं १ र २ तथा काठमाडौं महानगरपालिका वडा नं १६ का दुई हजार तीन सय उपभोक्ताहरूलाई पानी वितरण गर्दै आएको छ ।
अध्यक्ष लामाले समितिका उपभोक्ताहरूलाई पानी खुवाउनका लागि विगतदेखि अनेक जटिलताहरूको सामना गर्दै आएको र भावी दिनमा पनि पानी खुवाउन र सहज वितरण गर्न प्रयास जारी राख्ने बताए ।
“उपभोक्ताहरूले राम्रो साथ दिँदै आएका छन् । केही उपभोक्ताले गुनासो गर्छन्, त्यो त सामान्य हो । राष्ट्रिय निकुञ्ज क्षेत्रबाट पानी ल्याउनुपर्ने हुनाले जटिलता थियो, तर अब त्यो पनि सहज भएको छ”, अध्यक्ष लामाले भने, “भावी दिनमा हामी अझ सहज ढङ्गले पर्याप्त पानी वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु ।”

लालकुमार लामा, अध्यक्ष, रानीवन नसिढोका खानेपानी तथा सरसफाई उपभोक्ता समिति
अध्यक्ष लामाले पानीको स्रोत खोज्न र व्यवस्थापन गर्न सबैले लागिपर्न जरुरी रहेको बताए । उनले मेलम्चीको पानी आए पनि भरोसा नभएकाले नजिकैको स्रोतबाट पानीको जोहो गर्नतर्फ ध्यान दिनुपर्ने बताए ।
लामाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका कोषाध्यक्ष राजीव लामाले लेखा प्रतिवेदन र अध्यक्ष लामाले प्रगति तथा भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
नागार्जुन नगरपालिका वडा नं. १ का वडाध्यक्ष रामेश्वर लामाको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो । प्रमुख अतिथि एवम् वडाध्यक्ष लामाले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा नेपाल प्रहरीका पूर्व आइजिपी ठाकुर ज्ञवाली, नेपाल आर्मीका पूर्व रथी झंकर कडायत तथा मेलम्ची खानेपानी आयोजनाका महानिर्देशक रमाकान्त दवाडी लगायत अतिथिहरूको उपस्थिति थियो ।
तस्बिरहरू:

