काठमाडौं । मकवानपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले चुनावी सभा गर्ने भएको छ ।
स्थानीय तहको चुनावको प्रचार प्रसारको लागि राप्रपाले वैशाख २५ गते आमसभा गर्न लागेको हो । सभालाई पार्टी केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देलले सम्बोधन गर्ने छन् ।
हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्राचौरमा हुने आमसभामा पार्टी प्रवेश कार्यक्रमसमेत हुने भनिएको छ ।