शुक्रबार , जेठ ८, २०८३

चुनाव नभएसम्म रसुवागढी नाकाबाट सामग्रीको आयात बन्द

image

काठमाडौं ।  स्थानीय तहको निर्वाचन सम्पन्न नभएसम्मका लागि रसुवागढी नाकाबाट आयात कारोबार बन्द गरिएको छ ।

चुनाब नभएसम्मका लागि नाकाबाट आवतजावत पूर्ण रूपमा बन्द गर्ने सहमतिअनुरूप सामान आयात रोकिएको हो ।

मतदानको समयभन्दा ७२ घण्टा अगाडि अन्तर्राष्ट्रिय सिमानाबाट आवतजावतमा रोक लगाउने नियमित प्रक्रियाअनुसार सामान आयात बन्द गरिएको छ ।

साथै, अधिकांश कर्मचारी निर्वाचनमा परिचालित भइसकेकाले अत्यावश्यक सेवाबाहेक अन्य सबै भन्सार जाँचपासको प्रक्रिया केही दिनका लागि स्थगन गरिएको छ ।

सम्बन्धित समाचार