‘रिभिजिटिङ्ग द रुट्स इन अ मोर्डन नुआन्स’नामको उक्त कला प्रदर्शनीमा दिग्गज कलाकारदेखि वर्तमान कला क्षेत्रामा सक्रिय रहेका विभिन्न ४५ जना कलाकारको राखिनेछ ।
Photo by: Himal Darpan
काठमाडौं । ‘विकल्प आर्ट सेन्टर’ले आफ्नो आयोजनामा लैंनसिंह वाङ्गदेलदेखि आरएन जोशीलगायतका ४५ कलाकारको सिर्जना प्रदर्शनी हुने भएको छ । ‘रिभिजिटिङ्ग द रुट्स इन अ मोर्डन नुआन्स’नामको उक्त कला प्रदर्शनीमा दिग्गज कलाकारदेखि वर्तमान कला क्षेत्रामा सक्रिय रहेका विभिन्न ४५ जना कलाकारको राखिनेछ ।
यो कला प्रदर्शनी अप्रिल २७ (वैशाख १४) देखि जे २४ (जेठ १०) गतेसम्म काठमाडौं उपत्यकाका विभिन्न चार स्थानमा आयोजना हुनेछ । क्युरेटर सरोज महतोको संयोजकत्वमा विकल्प आर्ट सेन्टरले कार्यक्रमलाई आयोजना गरेको हो ।
उपत्यकाका विभिन्न विभिन्न चार उद्घाटन १४ वैशाखमा पुल्चोकस्थित विकल्प आर्ट सेन्टरबाट हुनेछ । कार्यक्रमलाई नेपालका लागि स्विजरल्याण्डकी राजदुत माननिय एलिजावेथ भोन चेपेल्लरले कार्यक्रमको उद्घाटन गर्नेछिन् । त्यस्तै, दोस्रो दिन ग्यालेरी अफ क्रिएटिभ्स्, ठमेल र तेस्रो दिन पर्क ग्यालेरी, पुल्चोकमा कार्यक्रम उद्घाटन हुनेछ । पार्क ग्यालेरीको प्रदर्शनीलाई नेपालका लागि जर्मनका राजदुत माननिय डा. थोमस प्रिन्जले कार्यक्रमको उद्घाटन गर्नेछन् । चौंथो दिन विद्रोह आर्ट ल्याब, ठमेलमा कार्यक्रमको उद्घाटन कार्यक्रम रहेको छ ।
इतिहास र परम्परामा आधारित रहेका नेपालका समसामयिक ४५ जना कलाकारहरुको सिर्जनात्मक कामलाई प्रस्तुत गरिने यो प्रदर्शनीमा पश्चिमा र पूर्वीय कलात्मक संस्कृति, स्थानीय र विश्वव्यापी परम्परा र आधुनिक विषयहरुलाई केन्द्रमा राखिएको छ । ‘विगत र संस्कृति’को भूमिका आधुनिक कला संस्कृतिमा ककस्तो हुन्छ भन्ने आधार मानिएको यो प्रदर्शनीमा इतिहासलाई सम्बोधन गरिएको शैली, वर्तमान कलाकृति र स्थानीय संस्कृतिसँग त्यसको सम्बन्ध, पहिचानका मुद्दाहरु लगायतका विषयलाई समेटिएको छ ।
‘प्रदर्शनीको मुख्य उद्देश्य नेपालको कला परिदृश्यको इतिहासदेखि वर्तमानसम्मको संस्कृतिको अवलोकन गर्नु र यसलाई बहसको स्तरमा ल्याउनु हो,’ क्युरेटर सरोज महतो भन्छन्, ‘इतिहासलाई पुनरावृत्ति मात्रै गर्ने नभएर हाम्रो कला परम्परा र संस्कृतिबाट प्रेरणा लिने अवस्थाको सिर्जना गर्नु पनि प्रदर्शनीको मुख्य उद्देश्य रहेको छ ।’
प्रदर्शनीको क्रममा कला कृतिको अवलोकनसँगै कला संस्कृति र क्षेत्रसँग सम्बन्धित रहेका बहस, कार्यशाला र विभिन्न किसिमका प्रस्तुतीहरु पनि राखिएका छन् । यी प्रस्तुतीहरुले वर्तमान नेपाली कला संस्कृति र परिदृश्यको सचित्र वर्णन गर्ने विश्वास लिइएको छ ।

प्रदर्शनीमा दिग्गज कलाकारहरुको चित्रकला र स्केचहरुहरुलाई प्राथमिकताका साथ प्रदर्शन गरिनेछ । सँगै, न्यु मिडियाको माध्यमबाट प्रस्तुत हुने ग्राफिट्टी, पर्फमेन्स आर्ट, डिजिटल आर्ट, पप आर्टलगायतका अन्य किसिमका कलात्मक सिर्जनाहरुलाई पनि प्रर्दशनीमा राखिएको छ । क्यान्भास र ग्यालेरीभन्दा बृहत रुपमा कलाको विस्तारित परिदृश्यलाई यी माध्यमहरुबाट प्रस्तुत गरिएको छ । प्रदर्शनीमा राखिएका सबै कला सिर्जनाहरु १९५० को दशक पश्चात नेपालमा विस्तार भएको आधुनिक कला शैली र क्षेत्रमा केन्द्रित पनि रहेका छन् ।
कार्यक्रममा दिग्गज कलाकार लैनसिंह बाङ्गदेल, आरएन जोशी, मनोज बाबु मिश्र, इन्द्र प्रधान, विरेन्द्र प्रताव सिंहलगायतको सिर्जना प्रदर्शनीमा राखिनेछ । त्यस्तै, सरोज महतो, महिमा सिंह, हरेन्द्र कुशवाहा, हरिओम मेहता, जगदिश उपाध्याय, रुपेश मान सिंह, अभिशेक शाह, नेहा हरिचन, नम्रता सिंह, संगी श्रेष्ठ, सुश्मा शाक्य, जुपिटर प्रधान, प्रमोद श्रेष्ठ, युसिभी, शशि विक्रम शाह, भुवन थापा, सुन्दर लामा, वत्श गोपाल वैद्य, दावा शेर्पा, उमेश शाह, राम महर्जन, चिराग वाङ्गदेल, सोफिया हर्जन, मनिश लाल श्रेष्ठ, प्रकाश रञ्जितलगायतका कलाकारको सिर्जना प्रदर्शनीमा राखिनेछ ।
प्रदर्शनीका क्रममा फोटो सर्कलको संयोजनमा फोटो सर्कलको संयोजनमा नेपालमा १९१५ देखि १९८० सम्म विकास भएको श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइट्) फोटोग्राफी स्टुडियोहरुको क्रान्तीको अनुसन्धान प्रस्तुत हुनेछ । यसमा विभिन्न समयमा विभिन्न फोटोग्राफरले लिएका तस्बिरहरु पनि राखिएको हुनेछ ।
प्रदर्शनीमा विगत र वर्तमानको कला परिदृश्यका सिर्जनाहरु मात्रै नभएर योसँग सम्बन्धित विषयलाई लिएर बहसका कार्यक्रमहरु पनि रहेका छन् ।