शुक्रबार , फागुण १८, २०८०

घुम्ने नयाँ ठेगाना – यसपालि शैलेश्वरी माताको मन्दिर

टिकाराम पार्की उनै हुन्, जसले २००८ सालअघि नै दलितहरूले पनि पढ्न पाउनुपर्ने माग राख्दै सिलगढीमा संघर्ष गरेका थिए । उनकै नेतृत्वमा चलेको संघर्षपछि सरकारले २००८ सालमा दलितहरूलाई पढ्न हरिजन स्कुल खोल्ने अनुमति दिएको थियो।

image

जहाँतहाँ मानिस पुगेको छैनन्
पृथ्वीका ती चौटाहरू
सित्तै गएका छन् !
र, हिमाल पनि त्यसैले हो
पग्ली पग्लीकन
मानिसको धरिति डुल्न आउँछन् !! (वासु शशी, कवितांश)

प्रविधिसँगको ज्यादा लसपसका कारण पृथ्वीका धेरै चौटाहरू सित्तै खेर गएका छन् । प्रविधिको एउटा बैगुन, यसले हामीलाई प्रकृतिदेखि दूर गरिदियो । संसार जति जति अगाडि बढ्दै जाँदो छ, घुम्ने संस्कार उति उति पर सर्दो छ । जङ्गल जङ्गल घुम्दै फिर्दै सिकार खेल्ने, काँडे भ्याकुर, रिट्ठा कन्दमूलको खोजी गर्दै हिँड्नमा मजा मान्ने मान्छेको जातले आफ्नो सो प्राचीन बानी भुल्दै गइरहेको छ ।

हाम्रा सभ्यता, इतिहास, लोक परम्पराहरूलाई नियाल्ने हो भने मानवले लामो यात्रा गरेको छ । अनेकन् ठाउँहरू खोजेको छ । अनेकन् रीतिथिति बसाएको छ । जन्म, मृत्यु, बिहे, व्यापार, लेनदेन, युद्ध लगायतका अनेकन् घटनाहरूले सामाजिक, आर्थिक रूपमा जेजस्तो प्रभाव पारेता पनि घुमघामको संस्कार स्थापित गराएको थियो । महात्मा, ऋषि मुनिहरूदेखि लेखक, अनुसन्धानकर्ताहरू विभिन्न बहानामा अनेकन् ठाउँ पुगिरहेका थिए/छन् । धर्मको बहानामा तीर्थ यात्राका लागि निस्कनेहरूको सङ्ख्या पनि बाक्लै छ । आज पनि घुमन्ते र सिकारी जीवनयापन गरिरहेको अल्पसङ्ख्यकहरू विश्वका अनेकन् ठाउँहरूमा भेटिरहन्छन् । यस हिसाबले हामी मानव स्वभावैले घुमन्ते जाति हौँ ।

त्यसो भए घुम्ने जाने होइन त ?  आउनुहोस्, यसपालि डोटीको शैलेश्वरी माताको मन्दिर  घुम्न जाऊ ।

शैलेश्वरी माताको मन्दिर सुदूरपश्चिम प्रदेशको  डोटी जिल्लाको  सिलगढीमा पर्दछ  । यस मन्दिर यस क्षेत्रकै प्रमुख धार्मिक स्थल रूपमा रहेको छ । यहाँ देविको नित्य पुजा  गरिन्छ । प्रत्येक वर्ष जेठ र कार्तिक पुर्णिमाका दिन वर्षमा लक्षबहन महायज्ञ र प्रत्येक १२ वर्षमा कोटीहवन महायज्ञ र १ सय ४४ वर्षमा महाकोटी हवन महायज्ञ लाग्छ । यज्ञको यो रित परम्परागत रूपमा प्राचीनकालदेखि नै हुँदै आएको छ । यो मन्दिरलाई नेपालको सूदूर पश्चिमका नौ भगवतीहरूका मन्दिरहरूमा एक मन्दिर मानिन्छ ।

स्कन्दपुराणको मानस खण्डमा अनुसार शिव विवाहपछि पार्वतीसँग घुम्दै आउने क्रममा यस क्षेत्रको रमणीय दृष्यबाट लोभिएर यसै क्षेत्रमा सयल गर्दै वर्षौं बिताएको उल्लेख छ । उता स्वर्गमा तारकासुर नामको दैत्यले देवगणहरुलाई आतंकित तुल्याएका थिए । सो आतंकपश्चात् ब्रह्माजीलाई अघि लगाउदै देवगणहरु भगवान शिवको खोजीमा यस क्षेत्रमा पुग्दा भगवान शिव र माता पार्वती कामवासनामा तल्लिन रहेको देखेपछि माता पार्वती लज्जाले शिला बन्नुभयो । पार्वती  शिला बनेको हुनाले त्यसै बेलादेखि यसलाई शिलादेवी अर्थात ‘शैलेश्वरी देवी’ भनेर भनिएको हो  ।

यसै पुण्यभूमिमा १२ वर्षको बनवासपछि अयोध्या फर्की भगवान रामले अश्वमेध यज्ञ सकेपछि आफ्नो गुरु वशिष्टको आज्ञाले चन्दगिरी पर्वत (हालको सिलगढी नगरी)मा आई माता शैलेश्वरीको पूजा आराधाना गरेपछि माताले दर्शन दिएको पाइन्छ (स्कन्दपुराणको मानस खण्ड) ।

यसप्रकार दत्तचित्त भई माता शैलेश्वरीको पुजाआराधना र ध्यान गर्नाले मनले चिताएको फल पाईन्छ भन्ने जनआस्था रहि आएको छ ।

इतिहासको एक पाटो ।

०१७ सालको घटना । डोटि सिलगढीमा रहेको शैलेश्वरी मन्दिरमा  टिकाराम पार्की नाम गरेका एक दलित साधुको भेषमा सिलगढी आए । साधु बनेर  मन्दिरमै  बसिराखे  । मन्दिरमा उनैले पूजापाठ गरे। अरू धार्मिक गतिविधिहरू पनि चलाए । यसरी दलित समुदायबाट पहिलोपल्ट एक व्यक्ति शैलेश्वरी मन्दिर भित्र पसे ।

टिकाराम पार्की उनै हुन्, जसले २००८ सालअघि नै दलितहरूले पनि पढ्न पाउनुपर्ने माग राख्दै सिलगढीमा संघर्ष गरेका थिए । उनकै नेतृत्वमा चलेको संघर्षपछि सरकारले २००८ सालमा दलितहरूलाई पढ्न हरिजन स्कुल खोल्ने अनुमति दिएको थियो।

सम्बन्धित समाचार