बिहिबार , बैसाख २४, २०८३

प्रधानमन्त्री देउवाले भनेः ‘नेपाल एक चीन नीतिप्रति दृढ छ’

प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतापूर्ण निर्णय लिने बताए ।

image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएका छन् । प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताएका हुन् ।

शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीनविरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबीसमेत गरे ।

प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतापूर्ण निर्णय लिने बताए ।

उनले भने, ‘नेपाल एक चीन नीतिप्रति दृढ छ । छिमेकीमित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन नेपाल सरकार सचेत छ । विगतमा चीनविरुद्ध नेपालमा सक्रिय संस्थालाई मैले रोक लगाएको कुरा स्मरण गराउन चाहन्छु । बीआरआईलगायतका अन्य विकास सहायता प्राप्त गर्ने विषयमा राष्ट्रिय आवश्यक्ता, क्षमता र उपादेयताको आधारमा निर्धारण हुने भएकाले नेपाल सरकार बुद्धिमतापूर्ण ढंगले यस्ता विषय उचित निर्णय गर्नेछ ।’

सम्बन्धित समाचार