सोमबार , बैसाख १७, २०८१

प्रधानमन्त्री देउवाद्वारा भूकम्प पीडितको उद्धार र राहतको व्यवस्थापन

image

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले डोटी भूकम्पमा परेका पीडितहरूको तत्काल उद्धार, घाइतेहरूको उचित उपचारको प्रबन्ध गर्न र राहतको व्यवस्थापन गर्न आफ्नो सामाजिक सञ्जाल मार्फत सम्बन्धित सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले भूकम्पमा परी मृत्यु हुनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरे ।

खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रबिन्दु रहेको भूकम्पका कारण डोटीमा घर भत्किँदा ६ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।’’

घर भत्किँदा जिल्लाको पूर्वी चौकी गाउँपालिका ३ गैरा गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पले पूर्वी चौरमा ठुलो क्षति पुर्‍याएको छ । मङ्गलबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पले यहाँ सहित ग्रामीण भेगका दर्जनौँ घरहरू भत्किएका छन् ।

राति ९ बजेर ७ मिनेटमा सोही ठाउँ केन्द्रबिन्दु बनाएर ५.७ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । त्यसपछि पाँच घण्टाको फरकमा पटक पटक गरी ७ पटक भूकम्पको झट्का गएको थियो ।

सम्बन्धित समाचार