शुक्रबार , जेठ ८, २०८३

विराटनगरको उपमेयरमा उम्मेदवारी दिएकी कार्कीविरुद्धको रिटको सुनुवाइ सर्‍यो

image

काठमाडौं । विराटनगर उपमहानगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार दिएकी शिल्पा निराला कार्की विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ । रिटमा वैशाख ३० गते हुन गइरहेको निर्वाचनमा उनको उम्मेदवारी रद्द हुनुपर्ने जिकीर गरिएको थियो ।

न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासमा पेसी रहेको उक्त मुद्दा हेर्न नमिल्ने हुँदै सुनुवाइ सरेको हो ।

विराटनगरको उपमेयरमा जसपाबाट उम्मेदवारी दिएका अमरेन्द्र यादवले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

कार्कीले कोशी अस्पताल विकास समितिको सदस्य पदबाट राजीनामा नदिएरै उम्मेदवारी दर्ता गराएको यादवले दाबी गरेका छन् ।

कीर्ते राजीनामा तयार गरि बुझाएको र मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्यसैका आधारमा उम्मेदवारी सदर गरेको हुँदा उक्त उम्मेदवारी बदर गर्न रिट यादवले माग गरेका छन् ।

सम्बन्धित समाचार