बिहिबार , मंग्सिर १४, २०८०

समाजसेवी सिजन श्रेष्ठ राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको उपाध्यक्षमा मनोनीत 

image

काठमाडौं । समाजसेवी सिजन श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को भ्रातृ सङ्गठन राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठनको सङ्घीय उपाध्यक्षमा मनोनीत भएकी छन् ।

वैशाख २४ र २५ मा सम्पन्न सङ्गठनको प्रथम महाधिवेशनबाट श्रेष्ठ सङ्गठनको एक उपाध्यक्षमा मनोनीत भएकी हुन् । श्रेष्ठ विगत लामो समयदेखि विभिन्न सामाजिक एवम् राजनीतिक गतिविधिमा सक्रिय छन् ।

अनाथालयमा रहेका बालबालिकाहरूको शिक्षा र स्वास्थ्यको प्रबन्ध, कोभिड महामारी, भूकम्प जस्ता प्राकृतिक प्रकोप पीडितहरूका लागि गाँस, वास र कपासको व्यवस्था, महिला हकहित, समाजमा अन्याय, अत्याचार तथा थिचोमिचोमा परेकाहरूका लागि आवाज बनेर श्रेष्ठले समाजसेवा गर्दै आएकी छन् ।

सङ्गठनका तीन उपाध्यक्षमध्ये सङ्गीता शाह मल्ल निर्वाचित भएकी छन् भने सिजन श्रेष्ठ र सरस्वती श्रेष्ठलाई मनोनीत गरेका हुन् ।

सङ्गठनको अध्यक्षमा अञ्जना शाह रावल सर्वसम्मतले चयन भएकी छन् । महासचिवमा कुमारी तामाङ र रञ्जु सेन निर्वाचित भएकी छन् ।

महासचिव कुमारी तामाङ राप्रपाबाट बागमती प्रदेश सभा सदस्य हुन् । सचिवमा चम्पा अधिकारी निर्वाचित भएकी छन् ।

अध्यक्ष अञ्जना शाह रावलसँग उपाध्यक्ष सिजन श्रेष्ठ (दायाँ)

सम्बन्धित समाचार