उनलाई १० दिनअघि कोरोना संक्रमण पुष्टि भए पनि सामान्य लक्षण देखिएका थिए ।
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट स्वास्थ्यमा समस्या आएपछि भारतीय कांग्रेस पार्टीकी अध्यक्ष सोनिया गान्धीलाई अस्पताल भर्ना गरिएको छ ।गान्धीलाई १० दिनअघि कोरोना संक्रमण भएको थियो । उनको पीसीआर रिपोर्ट नेगेटिभ आए पनि स्वास्थ्यमा भने समस्या देखिएको जनाइएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि ७५ वर्षीया गान्धीलाई गंगाराम अस्पताल भर्ना गरिएको कांग्रेसका प्रवक्ता रणदीप सुर्जेवालाले जनाएका छन् । “गान्धीको अवस्था स्थिर रहेको छ र चिकित्सकको निगरानीमा राखिएको छ,” सुर्जेवालाले भनेका छन् ।
उनलाई १० दिनअघि कोरोना संक्रमण पुष्टि भए पनि सामान्य लक्षण देखिएका थिए । उनी घरमै आइसोलेसनमा बस्दै आएकी थिइन् ।
गान्धीलाई यसअघि पनि छातीको समस्या रहेको थियो । कोरोनो थप समस्या आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
ट्वीट: