काठमाडौं । स्याङ्जाको वालिङमा मतदाता बोकेको गाडी दुर्घटनामा पर्दा शुक्रबार दिउँसो १४ जनाको मृत्यु भएको छ ।
घटनामा ११ जना घाइते भएका छन् ।
मृत्यु भएकामध्ये १० जनाको सनाखत भएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले जानकारी दिए ।
प्रजिअ पौडेलका अनुसार अहिले घटनास्थलमा उद्धार भइरहेको छ ।
घाइतेहरुलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ र गम्भीर घाइतेलाई पोखरा लगिएको छ ।