शनिबार , भाद्र २७, २०८३

तारा विमान दुर्घटना: शव परिवारलाई सुम्पिँदै

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो ।

image

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव आज परिवारलाई सुम्पिइँदैछ । सरकारले दुर्घटनामा निधन भएका २२ जनाको पोस्टमार्टम सकिएकोले आज परिवारलाई शव बुझाउन लागिएको हो ।

गत जेठ १५ गते कास्कीको पोखराबाट मुस्ताङको जोमसोम जान उडेको तारा एयरको नाइनएनएइटी ट्विनअटर विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे पहाडमा ठोक्किएर दुर्घटना भएको थियो ।

दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र ४ भारतीय र २ जर्मनी नागरिकको निधन भएको थियो ।

सम्बन्धित समाचार