वैशाख ३० गते भएको स्थानीय तह चुनावको ११ वटै उपमहानगरको मतपरिणाम सार्वजनिक भएको छ ।
काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा एमालेको विजय भएको छ । बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणाम अनुसार तुलसीपुरमा सत्तारूढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले मेयर र उपमेयर दुवै जितेको हो ।
मेयरमा टीकाराम खड्का र उपमेयरमा स्यानी चौधरी विजयी भएका हुन् । खड्काले गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका गेहेन्द्र गिरीलाई हराएका हुन् । खड्काले ३१४०८ मत ल्याउँदा गिरिले २७७१६ मत पाए ।
उपमेयरमा चौधरीले ३०५९७ मत ल्याएर विजयी भइन् । पराजित भएका नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले २१०६५ मत पाए ।
वैशाख ३० गते भएको स्थानीय तह चुनावको ११ वटै उपमहानगरको मतपरिणाम सार्वजनिक भएको छ ।