Photo by: फाइल तस्बिर
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले महानगर/उपमहानगरको मेयर/उपमेयरको उम्मेदवार टुंगो लगाएको छ।
एकीकृत समाजवादीले पोखरा महानगरको मेयरमा धनराज आचार्य, काठमाडौं महानगरको उपमेयरमा रामेश्वर श्रेष्ठ, हेटौंडाको उपमेयरमा मिना लामा, इटहरीको उपमेयर केशव विष्ट, बुटवलको उपमेयरमा चीनबहादुर गुरूङ र तुलसीपुरको उपमेयरमा जोगबहादुर रानालाई बनाउने भएको हो।
सत्ता गठबन्धनको भागबन्डामा एसले दुई महानगरमा एकरएक मेयररउपमेयर, एक उपमहानगरमा एक मेयर र तीन उपमहानगरमा तीन उपमेयर पाएको थियो।