शुक्रबार , जेठ ८, २०८३

एकीकृत समाजवादीको चुनावी घोषणापत्र सार्वजनिक

image

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित एक कार्यक्रममा बीच पार्टीका अध्यक्ष माधवकुमार नेपालले सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

घोषणा पत्रमा एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका एक नेताले जानकारी दिए ।

त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैं बनाऔंलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

Tags:

सम्बन्धित समाचार