शुक्रबार , अषोज २, २०८३

‘रुससँग लड्न मासिक पाँच अर्ब डलर र्खच हुन्छ’ -जेलेन्स्की

image

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनासँग लड्न आफ्नो देशलाई मासिक पाँच अर्ब डलर आवश्यक पर्ने उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)का नेताहरूलाई बताएका छन् ।

स्पेनमा भइरहेको उक्त सैन्य गठबन्धनको महत्त्वपूर्ण शिखर सम्मेलनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले युक्रेनलाई आधुनिक हातहतियार अति आवश्यक रहेको बताएका हुन् ।

जेलेन्स्कीले भ्लादिमिर पुटिनको हमला युक्रेनमा मात्र सीमित नहुने चेतावनी पनि दिए । उनले उक्त युद्धलाई ‘भविष्यको विश्व व्यवस्थाका लागि लडिएको लडाइँ’ भनेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडनले ‘पुटिनले शान्ति भङ्ग गरेकाले अमेरिकाले युरोपभरि आफ्नो सैन्य उपस्थिति विस्तार गर्ने’ घोषणा गरेका थिए ।

बीबीसी 

सम्बन्धित समाचार