शुक्रबार , जेठ ८, २०८३

विश्व स्वास्थ्य संगठनका महानिर्देशक गेहब्रेयसस नेपाल आउने

image

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयसस बैशाख ८ गते नेपाल आउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा टेड्रोस नेपाल आउन लागेका हुन् ।

उनी वैशाख ८ (२१ अप्रिल) मा नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा डा. टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।

Tags:

सम्बन्धित समाचार