मंगलबार , भाद्र ९, २०८३

चुनाव प्रचारमा हिँडेका युवकको गाडीबाट खसेर मृत्यु

image

काठमाडौं । सल्यानमा नेपाली कांग्रेस पार्टीको प्रचारप्रसारमा हिँडेका एक युवकको गाडीको छतबाट खसेर मृत्यु भएको छ । कालीमाटी गाउँपालिका–२ दानिगौरा निवासी १८ वर्षीय खुमराज थापा मगरको गाडीको छतबाट खसेर मृत्यु भएको हो ।

कांग्रेसबाट कालीमाटी गाउँपालिका–२ को वडाध्यक्षका उम्मेदवार सवार लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खसेका थापाको टाउकोमा गम्भीर चोट लागेको थियो ।

उपचारका लागि तुल्सीपुरमा लगेपछि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

अहिले गाडी र चालक दाङ जिल्ला बबई गाउँपालिका–२ निवासी खुमबहादुर छन्तेललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags:

सम्बन्धित समाचार