एकीकृत कारोबार भएपछि ग्लोबल आईएमई बैंक मुलुककै ठुलो बैंक बनेको छ ।
ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डाैंबीच एकीकृत कारोबार सुरु भएको छ । दुई बैंकबीच मर्जर सम्झौता भएको ७ महिनापछि एकीकृत कारोबार शुभारम्भ गरेको हो ।
सोमबार काठमाडाैंस्थित हाेटल याक एण्ड यत्तिमा एक भव्य कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को समुपस्थितता एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।
एकीकृत कारोबार भएपछि ग्लोबल आईएमई बैंक मुलुककै ठुलो बैंक बनेको छ ।
बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब, कुल पुँजी ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल कर्जा लगानी ३ खर्ब ७७ अर्ब, ग्राहक सङ्ख्या ४० लाखसहित देशको सबैभन्दा ठुलो बैंक बनेको छ ।