शुक्रबार , अषोज १४, २०७९

इन्द्रजात्राको रौनक (तस्बिरहरू)

image

इन्द्रजात्राकाे तेस्राे दिन राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा सुरु भएको छ ।

वर्षा र सहकालका देवता रूपमा मानिने इन्द्रलाई पूजा गरी उपत्यकाको विशेष पर्व इन्द्रजात्राको मुख्य दिन कुमारी घरबाट काठमाडौंको तल्लो टोलमा कुमारी, गणेश र भैरवको रथयात्रा गरिएकाे हाे । यसैदिन राष्ट्र प्रमुखको रूपमा राष्ट्रपतिले जात्रा अवलोकन गर्ने परम्परा रही आएको छ ।

विभिन्न देवी–देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चाआदिले पनि तिनै देवी–देवताको रथसँगै सहर परिक्रमा गरेका छन् ।

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धर्मतः इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवी–देवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ ।

यसरी लिङ्गो ठड्याइने प्रक्रियालाई ‘इन्द्रध्वजोत्थान’ भनिन्छ । लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।

हर्नुहाेस्, इन्द्रजात्राको समयमा हुने गरेको विभिन्न गतिविधिका केही तस्बिरहरू ः 

सम्बन्धित समाचार