हेरौँ पुराना विज्ञापनहरू !
नेपाली विज्ञापन उद्योगले सन् १९१९ मा 'मोक्षसिद्धी' नामक पुस्तकको कभर पेजमा छापिएको विज्ञापनको रूपमा आफ्नो स्थापनाकालदेखि नै लामो यात्रा तय गरिसकेको छ ।
नेपाली विज्ञापन उद्योगले सन् १९१९ मा ‘मोक्षसिद्धी’ नामक पुस्तकको कभर पेजमा छापिएको विज्ञापनको रूपमा आफ्नो स्थापनाकालदेखि नै लामो यात्रा तय गरिसकेको छ । वि.सं. १९१९ भन्दा अघि ठहिटीमा स्थापना भएको मनोरञ्जन प्रेसले संस्कृत भाषाको ‘मोक्षसिद्धी’ छापेर व्यावसायिक पुस्तक प्रकाशनको थालनी भएको हो, सो पुस्तकमा पहिलो विज्ञापन छापिएको भनिएता पनि केबारेमा छापिएको भन्न पंक्तिकार असमर्थ छ ।
नेपालमा उद्योग-धन्दाको विस्तार एवम् पछिल्ला विकाससँगै नेपालका प्रारम्भिक पत्रपत्रिका सुधा सागर र गोरखापत्रमा विज्ञापनहरू आउन थालेको इतिहास पाइन्छ । यसै क्रममा एउटा अलिक फरक किसिमको विज्ञापन फेला पर्यो ।
भारतको मथुराबाट प्रकाशित नेपाल-आधारित अखबार उदय पत्रिकामा ‘अस्ली नारायण टेल’ द्वारा प्रकाशित गरिएको क्लिन प्रिन्ट विज्ञापन अलि फरक किसिमको रहेको पाइएको छ । पुँजीवादी विज्ञापनहरूको भ्रामक प्रकृतिलाई स्वीकार नगरी मसाजको तेल बेच्न समर्पित यो प्रिन्ट विज्ञापन हेर्नुहोस्;

यस विज्ञापनमा पारदर्शिताको स्तर निकै उच्च छ । ५० प्रतिशत छुट दिइएको हुँदा यो तेल छुटाउन हुँदैन भनेर भनिरहँदा आफ्नो उत्पादनप्रति विश्वास दिलाउन सन्चालकले ‘झुटो भएमा लाखौँ गरिबहरूको श्रापले आफूलाई पिरोल्ने’ लगायतका कुराहरू लेखिएको छ । आजका ब्रान्ड र मार्केटरहरूले यस विज्ञापन मार्फत दर्शकहरूसँग पारदर्शी सञ्चारको बारेमा महत्त्वपूर्ण पाठहरू सिक्न सक्छन् ।
अब चुरोटतर्फ आऔँ,
नेपालमा सुरुसुरुमा तम्बाकु प्रचलन थियो, पछी भारतीय चुरोटका कारण ती विस्थापित हुन् पुगे ।
नेपालमा गैडा र याक चुरोटको नाम प्रसिद्ध छ । तर, ती चुरोट समयको गर्तमा हराइसकेका छन् । जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) ले याक र गैडाजस्ता चुरोटहरू उत्पादन गर्दथ्यो । कुनै समय यसले राष्ट्रलाई सबैभन्दा धेरै कर र जनकपुर क्षेत्रलाई सबैभन्दा धेरै रोजगारी दिएको इतिहास पाइन्छ । वि.सं. २०२० साल पुस २९ मा राजा महेन्द्रद्वारा यस कारखानाको समुद्घाटन भएको थियो ।

फोटो संकलक एवम् अनुसन्धता सुनिल उलकका अनुसार सुरुसुरुमा कोसेली, मुनाल, दोभान, कस्तुरी, हिमचुली, आशा लगायतका नामसहितका चुरोट उत्पादित भए भने पछिल्लो क्रममा देउराली, उपहार, गैडा, याक, सयपत्री तथा लालीगुराँस नामका चुरोटहरू उत्पादन भएका थिए ।
दरबारको लगानी रहेको सूर्य नेपाललाई चम्काउन जचुकालीलाई कमजोर बनाउने नीतिले जचुकाली धाराशायी बन्न पुगेको बताइन्छ । सुर्य टोबाको कम्पनि २०४३ सालमा खुलेको हो ।

तस्बीरमा हेरौँ, केहि पुराना विज्ञापनहरू ;



(प्रस्तुत विज्ञापनहरू ‘घुयेँत्रो, परिवर्तनका लागि अन्तरदृष्टि र सन्चार’ नामाक द्वैमासिक साहित्यिक पत्रिकाबाट संकलन गरिएको हो, सुवारण कर्मचार्य प्रबन्ध सम्पादक रहेको सो पत्रिकाका बिमल भौकाजी सम्पादक/प्रकाशक हुन् । माथि प्रकाशित विज्ञापनहरू वि.सं. २०५६ आसपासका हुन् ।)