सोमबार , फागुण २१, २०८०

तस्बिरमा ‘शैलुङ ज्याङछ्युब छ्याेर्तेन’काे  सु-प्राण प्रतिष्ठा  एवम् वाङ समारोह 

प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिम्पोछेद्वारा धार्मिक अनुष्ठानसहित शुद्धीकरण तथा सु-प्राण प्रतिष्ठा गरिएको हो ।

image

दोलखा र रामेछापको सङ्गमस्थल प्रसिद्ध पर्यटकीय क्षेत्र शैलुङमा निर्मित “शैलुङ ज्याङ्छयुब छ्योर्तेन”(बोधि चैत्य) को भव्य समारोहबीच प्राण-प्रतिष्ठासहित समुद्घाटन गरिएको छ । लामा गुरुद्वारा धार्मिक विधिअनुसार मङ्गलवार र बुधवार (फागुन १६ र १७) दुई दिने पूजापाठसहित छ्योर्तेनको उद्घाटन गरिएको हो ।

प्राचीन बौद्ध ङिङ्मा सम्प्रदायका गुरु क्याब्जे सेचेन रब्ज्याम रिम्पोछेद्वारा धार्मिक अनुष्ठानसहित शुद्धीकरण तथा सु-प्राण प्रतिष्ठा गरिएको हो ।

शैलुङ रिगसुम गोन्पो सेवा समाजले २०७३ मा छ्योर्तेनको निर्माण सुरु गरेको थियो । निर्माण सुरु भएको करिब ७ वर्षपछि छ्योर्तेनले पूर्णता पाएको हो ।

शैलुङ रिगसुम गोन्पो सेवा समाजको विशेष पहलमा दोलखा र रामेछापको स्थानीय सरकार, जनप्रतिनिधि, विभिन्न दातृ निकाय, व्यक्ति तथा सङ्घसंस्थाहरूको सहयोगमा करिब तीन करोड रुपैयाँको लागतमा ५५ फिट अग्लो छ्योर्तेनको निर्माण भएको हो ।

छ्योर्तेनको समुद्घाटन समारोहमा बौद्ध धर्मगुरु, लामा, दोलखा र रामेछापका जनप्रतिनिधि, ताम्बा, बोन्पो लगायत हजारौँको सङ्ख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति थियो ।

तस्बिरः हिमाल दर्पण/चन्द्र तामाङ 

Tags:

सम्बन्धित समाचार