विशेषगरी नेपालको तराई भेगमा खाइने उखुले काठमाडौं छिर्ने तल्लो फाँट अर्थात् धादिङको धार्के क्षेत्रमा राम्रो पकड जमाएको छ ।
गर्मी मौसम सुरु भएको छ । गर्मी मौसममा मान्छेको शरीरमा पानीको मात्रा बढी आवश्यक हुने गर्छ । यो मौसममा पानीका साथै उखु लगायतको जुस खानु स्वास्थ्यको लागि लाभदायक छ । यसले एनिमिया, जण्डिस जस्ता रोगलाई निको पार्न सहयोगी भूमिका खेल्छ । अम्लपित्त रोगका लागि उखुको जुस धेरै फाइदाजनक मान्ने गरिन्छ ।

उखुमा मिनेरल, भिटामिन र एन्टिअक्सिडेन्ट अधिक मात्रामा पाउने गरिन्छ । पौष्टिकताको हिसाबले एक गिलास उखुको जुसमा कमसेकम १८० क्यालोरी शक्ति मिल्ने गर्छ । यसमा थोरै कागती र नुन पनि मिसाएर पिउन सकिन्छ ।

नेपालको प्रमुख नगदेबाली उखु हिउँदयाममा खान लायक हुन्छन् । गर्मी महिनामा उखुको जुस स्वादको लागि मात्रै नभएर शारीरिक समस्याको समाधानको लागि पनि पिउने गरिन्छ । विशेषगरी नेपालको तराई भेगमा खाइने उखुले काठमाडौं छिर्ने तल्लो फाँट अर्थात् धादिङको धार्के क्षेत्रमा राम्रो पकड जमाएको छ ।

पृथ्वी राजमार्गस्थित धादिङ धार्के क्षेत्रमा सडक किनारमा उखु राखेर बसिरहेका किसानहरू देख्न सकिन्छ ।
