शुक्रबार , जेठ ८, २०८३

‘केजीएफ २’ले सिनेमाघरमा ल्यायो सुनामी

अपेक्षा गरिए अनुरूप निर्देशक प्रशान्त नीलको चलचित्र ‘केजीएफ २’ले सिनेमाघरमा सुनामी लिएर आएको छ ।

image

एजेन्सी । अपेक्षा गरिए अनुरूप निर्देशक प्रशान्त नीलको चलचित्र ‘केजीएफ २’ले सिनेमाघरमा सुनामी लिएर आएको छ । चलचित्रले पहिलो दिन हिन्दी चलचित्रले अहिलेसम्म गरेको सबैभन्दा बढी कमाइ गर्ने तक्मा हासिल गरेको छ । यसले बाहुबली १’, ‘बाहुबली २’ र ‘आरआरआर’ समेत सलमान खान, आमिर खान र शाहरुख खानका अलावा ऋतिक रोशनको बक्सअफिस कमाइलाई पनि चुनौती दिएको छ । चलचित्रले भारत लगायत विश्वभर शानदार कमाइ गरिरहेको छ । सुरुआती आँकडाका मुताबिक चलचित्रले एस एस राजामौलीको चलचित्र ‘आरआरआर’को पहिलो दिनको नेट कमाइको आँकडालाई समेत छोएको छ । चलचित्र ‘आरआरआर’ करिब ५५० करोड भारतीय रुपैयाँको लागतमा बनेको हो भने ‘केजीएफ २’ मात्र १५० करोड रुपैयाँको लागतमा बनेको हो ।

चलचित्रको लागि दर्शकहरू निकै उत्साहित बनेका छन् । दर्शकहरूको मागलाई मध्यनजर गर्दै सिनेमाघरहरुले चलचित्रका लागि अतिरिक्त सोहरू पनि राखेका छन् । ‘केजीएफ’ प्रदर्शन गरिएका अधिकांश सिनेमा घर हाउसफुल रहेका छन् ।

चलचित्र ‘केजिएफ २’ हिन्दीको पहिलो दिनको कमाइ सुरुआती आँकडाका हिसाबले ५४ करोड रुपैयाँ रहेको छ । यसअघिको रेकर्ड ऋतिक रोशन, टाइगर श्रफ र वाणी कपूरको चलचित्र ‘वार’को नाममा रहेको थियो, जसले पहिलो दिन ५३.२४ करोड रुपैयाँको कमाइ गरेको थियो । चलचित्रले सारा भारतीय भाषा जोडेर करिब १२८ करोड रुपैयाँको कमाइ गरेको छ । यो कमाइ राजामौलीको चलचित्र ‘आरआरआर’को पहिलो दिनको कमाइको लगभग बराबर हो ।

 

Tags:

सम्बन्धित समाचार