शुक्रबार , जेठ ८, २०८३

मारिपोलका सडकमा सर्वसाधारको विभत्स लाश

image

काठमाडौं । मारिपोलको सडकमा सर्वसाधारणको विभत्स शव सडकमा देखिएको छ । मारिपोलका सार्वजनिक भिडियोहरुमा २० जना भन्दा धेरै सर्वसाधारणको लाश सडकमा वेवारिश देखिएको हो ।

यूक्रेनको दक्षिणी क्षेत्रमा रहेको मारिपोलमा रुसको आक्रमण जारी छ। त्यहाँ धेरै मानिसहरु भग्नावशेष मुनी रहेको बंकरमा फसिरहेका छन् ।
संयुक्त राष्ट्रसंघले पछिल्लो २ महिनामा सयौँको संख्यामा सर्वसाधारणको युद्धका कारण निधन भएको जनाएको छ ।

गएको फ्रेब्रुअरी २४ देखि यूक्रेनमा रुसको सैन्य हमला जारी छ ।

बिबिसीलाई प्राप्त भएको भिडियोमा सर्वसाधारणको २३ ओटा मृत शरीर देखा परेको बिबिसीले जनाएको छ ।

मारिपोललाई आत्मसर्पण गर्न भनेको छ । युक्रेनी राष्ट्रपति जेलेनेस्कीले अन्तिम सास रहेसम्म लडिरहेने तर आत्मसर्पण नगर्ने बताएको छ ।

Tags:

सम्बन्धित समाचार