बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई भेट्न गायक दुर्गेश थापा कारागारसम्मै पुगेका छन् । गायक थापा पललाई भेट्न तनहुँको कारागार पुगेका हुन्
काठमाडाैं । बलात्कार आरोप लागेका अभिनेता पल शाहलाई भेट्न गायक दुर्गेश थापा कारागारसम्मै पुगेका छन् । गायक थापा पललाई भेट्न तनहुँको कारागार पुगेका हुन् ।
केहि व्यक्तिले दुर्गेशले नाबालिग गायिकालाई उक्साएको आरोप लगाएका थिए । पलले पनि दुर्गेश लगायत केही साथीले आफुलाई फसाएको जनाएका थिए ।
तर, दुर्गेशले यो कुरा स्वीकारेका थिएनन् । उनले यसमा आफ्नो केही भूमिका नरहेको र आफूले कसैलाई नउस्काएको जनाउँदै आएका छन् ।अदालतमा उनले पललाई सहयोगपुग्ने किसिमको बयान समेत दिएका थिए ।
त्यसपछि उनीहरूबीचको सम्बन्ध सुध्रिएको हुनसक्ने अनुमान लगाईएको छ । बाग्लुङ जाने क्रममा दुर्गेश सपरिवार पल शाहलाई भेट्न गएका थिए । उक्त भेटपछि आफूहरूको सम्बन्धमा कुनै अमिलोपन नभएकाे पनि दुर्गेशले बताएका छन् ।