शनिबार , भाद्र २७, २०८३

दुर्घट्नामा परिन् बलिउड अभिनेत्री तनुश्री दत्ता

दत्ताले इंस्टाग्राममा आफुलाई लागेको चोटको एक तस्विर राख्दै यो कुराको जानकारी दिएकी हुन् ।

image

काठमाडौँ । बलिउड अभिनेत्री तनुश्री दत्ता  दुर्घट्नामा परेकी छिन् । महाकालको दर्शन गर्न जाँदै गर्दा  सडक दुर्घटनामा परेकाे अभिनेत्री दत्ताले बताएकी छन् । उनले घटनाकाे जानकारी सामाजिक सञ्जालमार्फत दिएकी छन् । दत्ताले इंस्टाग्राममा आफुलाई लागेको चोटको एक तस्विर राख्दै यो कुराको जानकारी दिएकी हुन् ।

उक्त तस्विरमा उनकाे खुट्टामा चोट लागेको देख्न सकिन्छ । घटनाकाे बारेमा बताउँदै उनले लेखेकी छिन्  “आजको दिन रोमाञ्चक थियो ! तर अन्ततः महाकालको दर्शन भयो । यधपी मंदिर जाने क्रम एक अचम्मको दुर्घट्ना भयो । ब्रेक फेल भएका कारण दुर्घट्ना भयो। थोरै टाँका लागेको छ । जय श्री महाकाल !”

अभिनेत्री तन्नुश्री दत्ता सन् २००५ मा बलिउड प्रवेश गरेकी थिइन् । इमरान हाशमीसँग ‘आशिक बनाया आपने’ चलचित्रबाट बलिउड प्रवेश गरेकी अभिनेत्री अहिले चलचित्र जगतबाट टाढा रहने गरेकी छिन् । तर, उनी सामाजिक सञ्जालमा भने निकै सक्रिय रहने गर्छिन्।

सम्बन्धित समाचार